2010-08-08 — Press Release
Press Release
 |
आज मिति २०६७।४।१३ गते निर्वाचन आयोगका का.वा. प्रमुख निर्वाचन आयुक्त श्री नीलकण्ठ उप्रेतीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहीम राजदूत श्री Scott H. DeLisi ले शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा राजदूत डेलिसीले नेपाल र संयुक्त राज्य अमेरिकाका आपसी हितका बिषयहरुका साथै निर्वाचन आयोगले हाल शुरु गर्न गइरहेको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमका बिषयमा चासो व्यक्त गरी आवश्यक जानकारी लिनुभयो । राजदूत डेलिसीले निर्वाचन आयोगले हाल शुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम एवं आगामी निर्वाचनको तयारी र कार्यन्वयनमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्वता व्यक्त गर्नुभयो भने का.वा. प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन आयोगलाई विगतमा संयुक्त राज्य अमेरिकाले पु¥याएको सहयोगको सहना गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगको निरन्तरता रहने कुरामा आफु आशावादी रहेको कुरा व्यक्त गर्नुभयो ।
|
2010-07-27 — Press Release
Press Release
| “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च” राजनैतिक दलको अधिकारिकताको विषयमा कुमार लिङ्गदेन र लक्ष्मण चौधरी थारु पक्षका दुई समूह बीच विवाद हुदा निर्वाचन आयोगको २०६७।३।१६ को वैठकबाट कुमार लिङ्गदेनको पक्षका समूहहरुलाई पार्टीको नाम, लोगो, छाप, झण्डा र पार्टीसँग सम्बन्धित सवै विषयमा आधिकारिक मान्यता प्रदान गर्ने र विवादको अर्को पक्ष लक्ष्मण चौधरी थारु पक्षले निर्वाचन आयोग ऐन, २०६३ को दफा २६(६) बमोजिम छुट्टै समूह पहिचान हुने गरी राजनैतिक दल दर्ता गर्न माग गरेमा कानूनको प्रक्रिया अपनाई निर्णय भएको मितिले ३५ दिन भित्र अर्को दल दर्ता गरि दिने भनी निर्णय भएको । सोही निर्णय बमोजिम लक्ष्मण चौधरी थारु समूहबाट ३८ जना केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको हस्ताक्षर सहितको दल दर्ताको निवेदन प्राप्त भएकोले लक्ष्मण चौधरी थारु अध्यक्ष रहेको “संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी” नाम गरेको नयाँ राजर्नैतिक दल दर्ता गर्ने भनी आयोगबाट मिति २०६७।३।११ मा निर्णय गरिएको छ । साथै उक्त राजनैतिक दलको चुनाव चिन्ह “बस” कायम गरिएको छ । “संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी” समेत हाल निर्वाचन आयोगमा जम्मा ७५ वटा राजनैतिक दल दर्ता भई अभिलेखीकरण गरिएको छ ।
|

2010-07-12 — Press Release
प्रेस विज्ञप्ती
| काठमाडौं, २०६७ आषाढ २८ गते, सोमबार।
आज मिति २०६७ आषाढ २८ गते सोमवारका दिन का.वा. प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग संयुक्त अधिराज्य वेलायतका आवासीय राजदूत महामहिम डा. एन्ड्रयू हलले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा शिष्टाचार भेट गर्नु भयो। सो अवसरमा का.वा. प्रमुख निर्वाचन आयुक्त र वेलायती राजदूत बीच आपसी हितका विषयमा छलफल भयो। महामहिम राजदूत हलले उक्त अवसरमा वेलायतको तर्फबाट नेपालको शान्ति प्रक्रिया र निर्वाचन प्रक्रियाको सुधारमा निरन्तर सहयोग पुर्याउने प्रतिवद्धता जनाउनु भयो। का.वा. प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेपालको शान्ति प्रक्रिया, निर्वाचन प्रणालीको सुधार एवं निर्वाचन आयोगको सुदृढीकरणमा वेलायत सरकारले पुर्याएको सहयोगको सह्रना गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नु भयो।
|
2010-05-28 — Press Release
प्रेस विज्ञप्ती काठमाडौं, २०६७ जेठ १४ गते, शुक्रवार।
|
यही २०६७/२/१५ र १६ गते वंगलादेशको ढाकामा आयोजना हुन लागेको दक्षिण एशियाली राष्ट्रका निर्वाचन आयोगका पदाधिकारीहरुको वैठकमा भाग लिन निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र सचिव यज्ञप्रसाद गौतम आज वंगलादेशतर्फ प्रस्थान गर्नु भयो।
उक्त वैठकको सहभागिताबाट दक्षिण एशियाली राष्ट्रका निर्वाचन आयोगका अनुभवहरु एक अर्का वीच आदान प्रदान हुने र सोबाट पारस्परिक लाभ प्राप्त हुनेछ। साथै सो अवसरमा दक्षिण एशियाली मुलुकका निर्वाचन आयोगहरुको मञ्च स्थापना गर्ने सम्बन्धी चार्टरमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ।
|
2010-05-25 — Press Release
पे्रश विज्ञप्ती
| आज निर्वाचन आयोगका का.वा.प्रमुख निर्वाचन आयुक्त श्री नीलकण्ठ उपे्रतीसँग Jean Lambert को नेतृत्वमा आएको दश सदस्यीय European Parliamentarian हरुको प्रतिनिधि मण्डलले भेट गर्यो। उक्त अवसरमा आयोगका निर्वाचन आयुक्त श्री दोलख बहादुर गुरुङको पनि उपस्थिति रहेको थियो। |
|