सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुसँगको छलफल सम्बन्धी प्रेस विज्ञप्ति
2012-07-09 — Press Release
निर्वाचन आयोग, नेपाल
सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुसँगको छलफल सम्बन्धी
प्रेस विज्ञप्ति
संविधान सभाको अर्को निर्वाचन र यससँग सम्बन्धित अन्य समसामयिक विषयमा सम्माननीय प्रधानमन्त्री
डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरुसंँग आज निर्वाचन आयोगमा छलफल भयो ।
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरुको स्वागत गर्दै माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उपे्रतीले निर्वाचन घोषणा भइसकेपछि नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल गर्ने परम्परा रहेको र आयोगको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भइदिनु भएकोमा सम्माननीय प्रधानमन्त्री तथा माननीय उपप्रधानमन्त्रीहरु र माननीय मन्त्रीहरुप्रति आभार व्यक्त गर्नु भयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उपे्रतीले आयोगको रणनीतिक योजना अनुरुप सुधारको प्रक्रियालाई निरन्तर अघि बढाइएको विषय र निर्वाचनका लागि भइरहेको तयारी, विद्यमान समस्या तथा चुनौतिहरुको चर्चा गर्दै आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन चाल्नु पर्ने कदमका बारेमा अवगत गराउनु भयो । आगामी संविधानसभाको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न र निर्वाचन आयोगको निष्पक्षता र स्वतन्त्रतालाई अक्षुण्ण तुल्याइराख्ने सिलसिलामा निर्वाचन आयोगले नेपाल सरकारसंग देहायका विषयहरुमा सहयोगको अपेक्षा राखेको कुरा उहाँले उल्लेख गर्नुभयो ः
ड्ड राजनीतिक सहमति र अनुकूल वातावरणको निर्माण
ड्ड संवैधानिक र कानूनी अड्चनहरु समयमै फुकाउने तर्पm अग्रसरता
ड्ड आचार संहिता पालना तर्पmको पूर्ण प्रतिबद्धता
ड्ड आयोगका पदाधिकारीहरुको रिक्तता र पदपूर्ति
ड्ड निर्वाचनप्रति आम मतदाताको तत्परता र स्वीकारोक्ति
ड्ड सुरक्षा व्यवस्थाको पूर्ण प्रत्याभूति
ड्ड आर्थिक, प्राविधिक एवं मानवीय स्रोत साधनको उपलब्धता
ड्ड केन्द्रदेखि गाँउसम्मका सरकारी संयन्त्रको परिचालन
ड्ड निर्वाचन आयोगबाट सञ्चालित कार्यक्रमप्रति अपनत्व
ड्ड आयोगका गतिविधिहरुप्रति नेपाल सरकारको सहयोग, सद्भाव र समर्थन ।
सम्माननीय प्रधानमन्त्रीले आगामी मंसीर ७ गते हुने भनी घोषणा गरिएको अर्को संविधान सभाको निर्वाचनको लागि निर्वाचन आयोगले गरेको तयारी प्रति खुशी व्यक्त गर्दै आयोगले अघि सारेका विषयमा नेपाल सरकार सकारात्मक रहेको र निर्वाचन सम्पन्न गर्ने कार्यमा आयोगलाई पूर्ण सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गर्नु
भयो । उहाँले राजनीतिक सहमति कायम गर्ने विषयमा प्रयास भइरहेको, निर्वाचन आचार संहिता पालना गर्ने गराउने विषयमा सरकार प्रतिवद्ध रहेको र निर्वाचनको लागि आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको कुरा व्यक्त गर्नु भयो ।
सो छलफल कार्यक्रममा दुबै उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, निर्वाचन आयुक्तहरु द्वय दोलख बहादुर गुरुङ र डा.अयोधीप्रसाद यादव र निर्वाचन आयोगका सचिव शंकर प्रसाद कोइरालाको समेत उपस्थिति थियो ।
शारदाप्रसाद त्रिताल
सहसचिव तथा प्रवक्ता
|