निर्वाचन आयोग र राजनीतिक दलका प्रमुखहरु बीचको छलफल सम्बन्धी प्रेस विज्ञप्ति
2012-07-12 — Press Release
मिति २०६९।३।२६
निर्वाचन आयोग, नेपाल
निर्वाचन आयोग र राजनीतिक दलका प्रमुखहरु बीचको छलफल सम्बन्धी
प्रेस विज्ञप्ति
निर्वाचन आयोगले संविधान सभाको अर्को निर्वाचन र यससँग सम्बन्धित अन्य समसामयिक विषयमा विगतको संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुसँग आयोगको सभाकक्षमा एक छलफल कार्यक्रमको आयोजना ग¥यो ।
विगतको संविधानसभामा प्रतिनिधित्व गर्ने मध्ये २८ दलका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित रहेको उक्त कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उपे्रतीले दलका प्रमुख एवं प्रतिनिधिहरुको स्वागत गर्नु भएको थियो । उहाँले स्वागत मन्तव्य दिंदै आगागी निर्वाचन र यस सम्बन्धी विषयमा दलका प्रमुखहरुसँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको वताउनु भयो । उहाँले आयोग जुनसुकै किसिमको चुनाव गर्न तयार रहेको तर संवैधानिक र कानुनी पूर्वाधार एवं निर्वाचनको लागि सहज वातावरण निर्माण हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
आयोगका सहसचिव मधुप्रसाद रेग्मीले कार्यपत्र पेश गर्दै आयोगको रणनीतिक योजना अनुरुप सुधारको प्रक्रियालाई निरन्तर अघि बढाइएको विषय र निर्वाचनका लागि भइरहेको तयारी, विद्यमान समस्या तथा चुनौतिहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यपत्रमा आगामी संविधानसभाको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न र निर्वाचन आयोगको निष्पक्षता र स्वतन्त्रतालाई अक्षुण्ण तुल्याइराख्ने सिलसिलामा निर्वाचन आयोगले देहायका विषयहरुमा सहयोगको अपेक्षा राखेको कुरा उहाँले उल्लेख गर्नुभयो:
राजनीतिक सहमति र अनुकूल वातावरणको निर्माण
संवैधानिक र कानूनी अड्चनहरु समयमै फुकाउने तर्पm अग्रसरता
आचार संहिता पालना तर्पmको पूर्ण प्रतिबद्धता
आयोगका पदाधिकारीहरुको रिक्तता र पदपूर्ति
निर्वाचनप्रति आम मतदाताको तत्परता र स्वीकारोक्ति
सुरक्षा व्यवस्थाको पूर्ण प्रत्याभूति
आर्थिक, प्राविधिक एवं मानवीय स्रोत साधनको उपलब्धता
केन्द्रदेखि गाँउसम्मका सरकारी संयन्त्रको परिचालन
निर्वाचन आयोगबाट सञ्चालित कार्यक्रमप्रति अपनत्व
आयोगका गतिविधिहरुप्रति सबै दलको सहयोग, सद्भाव र समर्थन ।
दलका नेता तथा प्रतिनिधिहरुले छलफलमा भाग लिंदै निर्वाचनका सम्बन्धमा आफ्नो दलको धारणाहरु प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा निर्वाचन आयुक्तहरु द्वय श्री दोलखबहादुर गुरुङ र डा. अयोधीप्रसाद यादव तथा आयोगका सचिव श्री शंकर प्रसाद कोइरालाको पनि उपस्थिति थियो ।
शारदाप्रसाद त्रिताल
सहसचिव तथा प्रवक्ता
|