निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त श्री नीलकण्ठ उप्रेतीसँग उहाँको कार्यकक्षमा संयुक्त राज्य अमेरिकाको...........
2012-04-01 — Press Release
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त श्री नीलकण्ठ उप्रेतीसँग उहाँको कार्यकक्षमा संयुक्त राज्य अमेरिकाको American Council of Young Political Leaders को प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट ग¥यो ।
Mr. Rick SMOTKIN (उपाध्यक्ष, सरकारी मामिला, कोम्कास्ट (रिपब्लिकन) को नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलमा Honorable Howie HOWARD (सदस्य, भर्मन्ट प्रतिनिधिसभा (रिपब्लिकन), Ms. Elizabeth MCELROY (राजनैतिक निर्देशक, फिलाडेल्फिया परिषद AFL-CIO (डेमोक्रेटिक), Ms. Ashley HOLBROOK (निर्देशक, राज्य र स्थानिय सरकारसँगको सम्बन्ध, बोइङ् कम्पनी (रिपब्लिकन), Mr. Kyle HYBL(संरक्षक, वरिष्ठ उपाध्यक्ष तथा जनरल काउन्सल, एल पोमार फाउण्डेसन (रिपब्लिकन), Mr. Alex KUHNS (सदस्य, सिन्सिनाटी शिक्षा बोर्ड (स्वतन्त्र) र Ms. Jeanette MANNING (प्रमुख, सार्वजनिक सुरक्षा महाशाखा, वाशिङ्गटन डिसि महान्यायाधिवक्ता कार्यालय) सहभागी हुनुहुन्थ्यो ।
भेटका अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री उप्रेतीले उहाँहरुको स्वागत गर्दै निर्वाचन आयोगले हाल सञ्चालन गर्दै आएको फोटोसहितको मतदाता नामावली दर्ता कार्यक्रम, निर्वाचन सम्बन्धी कानुनको निर्माणको तयारी, मतदानस्थलहरुको भौगोलिक सूचना प्रणालीको विकास, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको स्थापना लगायतका कार्यक्रमहरुको बारेमा प्रतिनिधिमण्डलका सदस्यहरुलाई अवगत गराउनु भयो । आगामी निर्वाचनको लागि अमेरिकी सहयोग नियोग मार्फत अमेरिकी सरकारले गर्दे आएको सहयोगप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरुले निर्वाचन आयोगले आगामी निर्वाचनको लागि गरिरहेको तयारीको बारेमा विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो । उहाँहरुले राख्नुभएका जिज्ञासाहरुमा आयोगको गठन प्रक्रिया, आयोगको स्वतन्त्रताको विषय, भौगोलिक विकटतामा निर्वाचन सञ्चालन गर्ने विषय, मतदानपछि नतिजा घोषणा गर्ने समयावधिको विषय, राजनीति दलहरुको व्यवस्थापन, मतदाता शिक्षा र मतदान प्रक्रिया जस्ता विषय मुख्य थिए । यी सबै विषयका बारेमा विस्तृत रुपमा उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री उप्रेतीले कुनै पनि प्रकारको निर्वाचन गर्न आयोग तयार रहेको कुरा प्रतिनिधिमण्डललाई जानकारी दिनुभयो ।
शारदाप्रसाद त्रिताल
सहसचिव तथा प्रवक्ता
|