CA Election 2064





E-Voting



खोज गर्नुहोस्

Search






आचार संहिता
संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०६४

स्वच्छ, निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय ढङ्गबाट संविधान सभा सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि सम्बन्धित सरोकारवालाले पालना गर्नु पर्ने आचरणलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सम्बन्धित सरोकारवालाहरुसँग परामर्श गरी यो आचार संहिता बनाएको छ ।


परिच्छेद - १
प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :
(१) यस आचार संहिताको नाम "संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०६४" रहेको छ ।
(२) यो आचार संहिता निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति देखि प्रारम्भ हुनेछ ।

२. आचार संहिता लागू हुने पक्षहरु : यो आचार संहिता देहायका व्यक्ति, संस्था वा निकायहरुलाई लागू हुनेछ र त्यस्ता व्यक्ति, संस्था वा निकायहरुले यो आचार संहिताको पालना गर्नु पर्ने कर्तव्य हुनेछ :-

(क) राजनैतिक दल तथा उम्मेदवार,
(ख) राजनैतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्तिहरु,

स्पष्टीकरण : यस आचार संहिताको प्रयोजनको लागि "राजनैतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति" भन्नाले कुनै राजनैतिक दल वा उम्मेदवारको तर्फाट निर्वाचन अभियानमा संलग्न जुनसुकै व्यक्ति सम्झनु पर्छ ।

(ग) नेपाल सरकार,
(घ) सरकारी तथा अर्ध सरकारी संस्था र स्थानीय निकाय,
(ङ) सरकारी, अर्ध सरकारी तथा निजी क्षेत्रका आम सञ्चारका माध्यम,
(च) सरकारी, अर्ध सरकारी संस्था तथा स्थानीय निकायका कर्मचारी, निर्वाचन कार्यमा संलग्न कर्मचारी र निर्वाचन कार्यको लागि निर्वाचन आयोगले खटाएको स्वंयसेवक ।


परिच्छेद - २
राजनैतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने आचरण

राजनैतिक दल, उम्मेदवार तथा निजहरुसँग सम्बन्धित व्यक्तिहरुले निर्वाचन अभियान सञ्चालन गर्दा गराउँदा देहायका आचरणहरु पालना गर्नु गराउनु पर्नेछ :-

प्रचार प्रसारः

३. नेपालको स्वतन्त्रता, र्सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायप्रणालीको प्रतिकूल हुने गरी निर्वाचन प्रचार प्रसार गर्नु गराउनु हुदैन ।

४. कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार प्रसार गर्नु गराउनु हुदैन ।

५. प्रचार प्रसारको सर्न्दर्भमा प्रयोग गरिने भाषा शिष्ट र मर्यादित हुनु पर्नेछ ।

६. निर्वाचनको प्रचार प्रसारमा कुनै पनि प्रकारको प्लास्टिकको सामग्री प्रयोग गर्न पाइने छैन ।

७. प्रचार प्रसारको क्रममा बढीमा ७५ ग्रामसम्मको कागजमा बढीमा कुल क्षेत्रफल १८० वर्ग इन्च आकारको पर्चा मात्र प्रयोग गर्न पाइनेछ । यस्तो पर्चा छपाउँदा एक रङ्गमा मात्र छपाउनु पर्नेछ र प्रत्येक पर्चामा मुद्रकको नाम र ठेगाना उल्लेख गरेको हुनु पर्नेछ ।

८. निर्वाचन प्रचार प्रसारको क्रममा कुनै पनि पोष्टर टाँस्न वा वितरण गर्न, भित्ते लेखन गर्न, तुल र व्यानर प्रयोग गर्न गराउन हुदैन ।

९. धार्मिक, पुरातात्विक वा ऐतिहासिक भवन, स्मारकस्थल वा सरकारी वा र्सार्वजनिक भवनको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँस्न हुदैन ।

१०. कसैको निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानहरुमा घरधनीको स्वीकृति नलिई कुनै पनि किसिमको पर्चा टाँस्न हुदैन ।

११. निर्वाचनको प्रयोजनको लागि टाँसिएको पर्चा वा निर्वाचन चिन्हलाई अर्को राजनैतिक दल वा उम्मेदवारका तर्फाट केरमेट गर्न, उप्काउन, च्यात्न वा त्यसमाथि आफ्नो पर्चा टाँस्न वा टाँस्न लगाउन हुदैन ।

१२. निर्वाचनको प्रचार प्रसारको क्रममा कसैले पनि कसैको पुत्ला लिएर हिड्न वा पुत्ला जलाउने कार्य गर्नु गराउनु हुदैन ।

१३. निर्वाचनको प्रचार प्रसारको क्रममा हात हतियार वा विष्फोटक पदार्थ लिएर हिडन वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी जस्ता धारिलो तथा जोखिमी प्रकृतिका हातहतियारको प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन हुदैन ।

१४. नेपाल सरकार, नेपाल सरकारको स्वामित्वमा वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकाय वा कुनै परियोजना अर्न्तर्गतका सवारी साधनहरु, अन्य साधनहरु वा सम्पतिलाई राजनैतिक दल वा उम्मेदवारको प्रचार प्रसारको काममा प्रयोग गर्नु गराउनु हुदैन ।

जुलुस तथा आमसभाः

१५. र्सार्वजनिक आवागमनमा अवरोध पर्ने गरी जुलुस, आमसभा गर्नु गराउनु हुदैन ।

१६. राजनैतिक दल वा उम्मेदवार वा तिनका र्समर्थकहरुले अरु दल वा उम्मेदवारहरुले आयोजना गरेको जुलुस वा आमसभा विथोल्न वा बाधा पु-याउन हुदैन ।

१७. जुलुस तथा आमसभामा भाग लिने व्यक्तिहरुले हातमा बढीमा १०"x१८" सम्म आकारको झण्डा लिन सक्नेछन् ।
तर निर्वाचन प्रचार प्रसारको लागि प्रयोग गरिने सवारी साधनमा वा आमसभास्थलमा सो भन्दा बढी आकारको झण्डा प्रयोग गर्न सकिनेछ ।

१८. नेपाल सरकार वा स्थानीय प्रशासनले र्सार्वजनिक सुरक्षा र हितका निमित्त प्रचलित कानून बमोजिम निषेध गरेको समय र स्थानमा कुनै पनि जुलुस, र्‍याली, आमसभा वा प्रचार प्रसारको अन्य कार्यक्रमको आयोजना गर्नु गराउनु हुदैन ।

१९. जुलुस, र्‍याली, आमसभा जस्ता प्रचार प्रसारका कार्यक्रम विहान ७ बजेदेखि साँझ ७ बजेसम्म बाहेक अरु समयमा गर्न पाइने छैन ।

२०. जुलुस, र्‍याली वा आमसभा गर्दा गराउँदा सो को समय, मिति, रुट र स्थानका बारेमा स्थानीय प्रशासनलाई कम्तीमा २४ घण्टा अगावै अग्रीम जानकारी गराएर मात्र गर्नु पर्नेछ । तय भइ सकेको मार्ग स्थानीय प्रशासनको अनुमति बेगर फेरबदल गर्न पाइने छैन ।

२१. कुनै दुइ वा सो भन्दा बढी राजनैतिक दल वा उम्मेदवारले एउटै समय, स्थान र मार्गमा जुलुस, र्‍याली वा आमसभा आयोजना गर्न पाउने छैन । यस प्रयोजनको लागि स्थानीय प्रशासनले दिएको सहमति अनुसार सम्बन्धित दल वा उम्मेदवारले जुलुस, र्‍याली वा आमसभाको आयोजना गर्नु पर्नेछ ।

२२. मसाल जुलुस र कुनै पनि हातहतियारसहितको जुलुस निकाल्न पाइने छैन ।

२३. कुनै पनि किसिमको जुलुस, र्‍याली वा आमसभा संचालन गर्दा बालबालिकालाई सहभागी गर्न गराउन वा निर्वाचनको प्रचार प्रसार लगायत निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग गर्न गराउन हुदैन ।

२४. मतदानको दिन भन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न, नारा लगाउन वा राजनैतिक दल वा दलसँग आबद्ध संस्थाको झण्डा वा निर्वाचन चिन्ह वा प्रचार प्रसार हुने गरी कुनै सामग्री पर््रदर्शन गर्न वा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्नु गराउनु हुदैन ।

२५. जनसाधारणको हितमा प्रतिकूल असर नपर्ने गरी निर्वाचनको प्रचार प्रसार गर्ने उद्देश्यले आमसभा र आमसभाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र माइक तथा लाउडस्पिकर प्रयोग गर्न हुंदैन ।

सवारी साधनको प्रयोगः

२६. निर्वाचनको प्रचार प्रसारको लागि हवाईजहाज तथा हेलिकप्टर जस्ता महँगा सवारी साधनको प्रयोग गर्नु गराउनु हुदैन ।

२७. उम्मेदवारले निर्वाचन प्रचार प्रसारका लागि एक निर्वाचन क्षेत्रमा एउटा हलुका सवारी साधन मात्र प्रयोग गर्न पाउनेछ ।
तर त्यस्ता सवारी साधन नचल्ने निर्वाचन क्षेत्रमा बढीमा दुइवटासम्म घोडा प्रयोग गर्न पाउनेछ ।

२८. राजनैतिक दलले निर्वाचन प्रचार प्रसारका लागि एउटा जिल्लामा बढीमा दुइ वटासम्म हलुका सवारी साधन प्रयोग गर्न पाउनेछ ।

२९. राजनैतिक दल वा उम्मेदवारहरुले निर्वाचनको क्रममा प्रयोग गर्ने सवारी साधनको विवरण निर्वाचन अधिकृतलाई लिखित रुपमा दिनुपर्नेछ ।

३०. मतदानको दिन मतदाताहरुलाई हवाईजहाज, हेलिकप्टर, बस, ट्रक, जीप वा अन्य कुनै सवारी साधनबाट ओसार पसार गर्नु गराउनु हुदैन ।

अनुचित प्रभाव तथा अवरोधः

३१. कसैले पनि कुनै किसिमको डर, त्रास, धाक, धम्की दिई वा बल प्रयोग गरी वा प्रलोभन दिई निर्वाचनसँग सम्बद्ध कर्मचारी तथा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालन गर्नबाट विचलित गर्नु गराउनु हुदैन ।

३२. कसैले पनि मतदातालाई डर, त्रास, धाक, धम्की वा प्रलोभन दिने वा धर्म भकाउने जस्ता काम गरी निजको इच्छा विपरित मतदान गर्न वा नगर्न बाध्य गर्नु गराउनु हुदैन ।

३३. कसैले पनि कुनै किसिमको डर, त्रास, धाक, धम्की दिई वा वल प्रयोग गरी कुनै पनि उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसार गर्न नपाइने गरी रोक्ने, थुन्ने, छेक्ने वा निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट असर पर्न सक्ने गरी कुनै पनि किसिमको काम कारवाही गर्न गराउन हुदैन ।

३४. निर्वाचन विथोल्ने वा निर्वाचन प्रति वितृष्णा पैदा हुने वा निर्वाचनमा भ्रम सिर्जना हुने वा निर्वाचनमा अवरोध हुने गरी कुनै कार्य गर्नु गराउनु हुदैन ।

३५. कुनै राजनैतिक दल वा उम्मेदवारले आयोजना गरेको प्रचार प्रसारको कार्यक्रममा कुनै व्यक्ति वा समूहले वाधा अवरोध पुर्‍याएमा निजहरु उपर प्रचलित कानून बमोजिम कारवाही गर्न स्थानीय प्रशासनलाई मौखिक अनुरोध गर्ने वा निवेदन दिनु पर्नेछ । राजनैतिक दल, उम्मेदवार, कार्यकर्ता वा र्समर्थक आफैले त्यस्ता व्यक्ति उपर कुनै किसिमको कारवाही गर्नु हुदैन ।

३६. मतदाताहरुलाई मतदान गर्न जान वा मतदान गर्नबाट बन्चित गराउने अभिप्रायले कुनै पनि किसिमले अवरोध वा थुनछेक गर्नु गराउनु हुदैन ।

३७. कुनैपनि राजनैतिक दल वा उम्मेदवारले वा निजका प्रतिनिधि वा कार्यकर्ताले वा कुनै व्यक्तिले बल प्रयोग गरी वा डर, त्रास देखार्र्इर्र् वा धम्की दिई वा प्रलोभन दिई मतदान केन्द्र आफ्नो कब्जामा लिनु वा मतपत्र वा मतपेटिका वा मतदान सामग्री जवर्जस्ती कब्जामा लिनु वा खोस्नु वा नास्नु हुदैन ।

३८. मतदातालाई प्रभाव पार्ने उद्देश्यले कुनै प्रकारले नगद वा जिन्सी वा कुनै पनि किसिमको उपहार लिनु र दिनु हुदैन ।

३९. मतदातालाई प्रभाव पार्ने उद्देश्यले भोज भतेरको आयोजना गर्न गराउन र मादक पदार्थको सेवन गरी निर्वाचनको प्रचार प्रसार गर्नु गराउनु हुदैन ।

दायित्व र जिम्मेवारीः

४०. कुनै राजनैतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रममा मात्र सीमित रहनु पर्नेछ ।

४१. आफ्नो कार्यकर्ता तथा र्समर्थकहरुलाई निर्वाचन सम्बन्धी आचार संहिताको पूर्णरुपमा जानकारी गर्राई सोको पालना गर्न गराउन लगाउनु पर्नेछ । आफ्ना कार्यकर्ता वा र्समर्थकबाट आचार संहिता उल्लंघन भएमा सो को जिम्मेवारी सम्बन्धित दल र उम्मेदवारले लिनु पर्नेछ ।

४२. निर्वाचनको क्रममा निर्वाचन सम्बन्धी ऐन, नियम, आदेश तथा निर्देशिकाहरुमा भएका व्यवस्थालार्इर्र्पर्ूण्ारुपमा पालना गर्नु गराउनु पर्नेछ ।

४३. मतदान केन्द्र र त्यसको वरिपरि निर्वाचनको प्रचार प्रसारसँग सम्बन्धित कुनै कुरा टाँस्नु वा टाँस्न लगाउनु वा लेख्नु वा लेख्न लगाउनु समेत हुदैन । यदि कुनै प्रचार प्रसार सामग्री टाँसेको वा लेखिएको भएमा सम्बन्धित राजनैतिक दल वा उम्मेदवारले मतदान कार्य शुरु हुनु अगाडि त्यस्ता सामग्री हटाउनु पर्नेछ ।

तर निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता जागरण सम्बन्धी सामग्री टाँस्न बाधा पुगेको मानिने छैन ।

४४. मतदानको दिन कसैले पनि कुनै राजनैतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित कुनै पनि किसिमको पहिरन, पोशाक, टोपी, स्टीकर, लोगो, झोला आदिको प्रयोग गर्न पाउने छैन ।

४५. निर्वाचन आयोगद्वारा वितरित मतदाता शिक्षा सम्बन्धी प्रचार सामग्री वा सूचनालाई कसैले विगार्न, नास्न, केरमेट गर्न वा अन्य कुनै किसिमबाट थपघट गर्न गराउन वा विकृत गर्न हुदैन ।


परिच्छेद - ३
नेपाल सरकार, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीले पालना गर्नु पर्ने आचरण

नेपाल सरकार, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीले देहायका आचरणहरु पालना गर्नु पर्नेछ :-

४६. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायले नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न वा स्वीकृत गर्न वा नयाँ योजना कार्यान्वयन गर्न वा संचालन गर्न वा सो प्रयोजनका लागि जनशक्ति तथा श्रोत, साधनको परिचालन गर्नु गराउनु हुदैन ।

तर यो आचार संहिता लागू हुनु अगावै स्वीकृत भएको योजना कार्यान्वयन गर्न वा संचालन गर्न वा त्यस्तो योजनालाई निरन्तरता दिन वाधा पुगेको मानिने छैन ।

४७. सरकारी, सरकारी नियन्त्रण वा स्वामित्वमा रहेका निकाय वा स्थानीय निकायले कुनै पनि योजनाको शिलान्यास गर्ने वा उद्घाटन गर्ने, नयाँ योजना वा कार्यक्रम स्वीकृत गर्ने, शुरु गर्ने, र्सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा अनुदान दिने जस्ता कार्यहरु गर्नु गराउनु हुदैन ।

तर प्राकृतिक प्रकोपको कारणबाट काबु बाहिरको परिस्थिति सिर्जना भई मानवीय आधारमा सहयोग पुर्‍याउन कुनै कार्यक्रम संचालन गर्न आवश्यक भएमा त्यस्तो कार्यक्रम संचालन गर्न वाधा पुगेको मानिने छैन ।

४८. नेपाल सरकारका मन्त्रीहरु तथा राजनैतिक नियुक्ति पाएका व्यक्तिहरुले सरकारी कामका लागि भ्रमण, निरीक्षणमा जाँदा वा अन्य कुनै सरकारी काममा संलग्न रहँदा निर्वाचनको प्रचार प्रसारमा संलग्न रहनु हुदैन । तर दलीय भावनाले प्रेरित भई प्रचार प्रसार गर्न बाहेक संविधान सभाको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न वाधा पुगेको मानिने छैन ।

४९. निर्वाचनमा उम्मेदवार भएका बाहेक अरु मन्त्री वा व्यवस्थापिका-संसदका सदस्यहरु मतदान गर्न बाहेक मतदान केन्द्र भित्र प्रवेश गर्नु हुँदैन ।

५०. मन्त्री वा निजका सल्लाहकारहरु वा राजनैतिक नियुक्ति पाएका व्यक्तिहरुले प्रयोग गर्ने सरकारी साधन, अन्य साधन, श्रोत र सहुलियत राजनैतिक दल वा राजनैतिक दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारको काममा प्रयोग गर्नु गराउनु हुदैन । तर प्रधानमन्त्रीको पदीय दायित्व र सुरक्षालाई दृष्टिगत गरी निजको भ्रमणको सिलसिलामा प्रयोग हुने सरकारी सवारी साधनको हकमा यो बन्देज लागू हुने छैन । यस्तो सवारी साधनमा निर्वाचन प्रचार प्रसारमा संलग्न राजनैतिक दलका व्यक्तिलाई समावेश गरिनु हुदैन ।

५१. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई नेपाल सरकार वा अख्तियारवाला कुनैपनि पदाधिकारीहरुले कुनै राजनैतिक दल वा उम्मेदवारको प्रचार प्रसारको काममा वा निर्वाचन परिणाममा प्रभाव पार्ने खालको काममा प्रयोग गर्नु गराउनु हुदैन ।

५२. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायका भवन, अतिथि गृह, सभागृह वा त्यस्तै अन्य साधन र सुविधालाई कुनै राजनैतिक दल वा उम्मेदवार वा निर्वाचनको प्रचार प्रसारमा संलग्न अन्य व्यक्तिहरुलाई समेत प्रयोग गर्न दिनु हुदैन ।

५३. नेपाल सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायका प्रमुख वा कर्मचारीले आफ्नो कुनैपनि किसिमको श्रोत, साधन कुनै राजनैतिक दल वा उम्मेदवारको प्रचार प्रसारको लागि उपलब्ध गर्नु गराउनु हुदैन ।

५४. सरकारी, अर्धसरकारी संस्था तथा स्थानीय निकायमा कार्यरत कुनै पनि कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र सुरक्षाकर्मीहरुलाई निर्वाचन सम्बन्धी काममा बाहेक अन्यत्र सरुवा गर्न, काजमा खटाउन, बढुवा गर्न वा रिक्त पदमा पूर्ति गर्नु हुँदैन ।

५५. नयाँ पदको सृजना गर्न, विज्ञापन गर्न वा तलब भत्ता बृद्धि गर्न वा ग्रेड, पुरस्कार वा यस्तै अन्य सुविधा र सहुलियत प्रदान गर्न हुदैन ।

५६. निर्वाचनको परिणाम घोषणा भएको पन्ध्र दिनसम्म निर्वाचन अधिकृत नियुक्त भै काम गरेका कर्मचारीहरुलाई सरुवा गर्नु हुदैन ।

५७. स्थानीय प्रशासनले मतदानको तीन दिन अगाडि र तीन दिन पछाडिसम्म मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने व्यवस्था गर्नु पर्नेछ । साथै उम्मेदवारको मनोनयन दर्ता भएको मिति देखि निर्वाचन परिणाम घोषणा भएको मितिसम्म बेलुकी आठ बजे पछि मादक पदार्थ बिक्रि गर्न बन्द गर्ने व्यवस्था गर्नु पर्नेछ ।

५८. निर्वाचनमा संलग्न रहने कर्मचारी, सुरक्षाकर्मीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी आफ्नो पदीय कर्तव्य तटस्थ र निष्पक्ष रुपमा पालना गर्नु पर्नेछ ।

५९. निर्वाचन अधिकृत, मतदान अधिकृत वा मतदानकेन्द्र्रमा खटिएका वा निर्वाचनको काममा संलग्न अन्य कुनै अधिकृत, कर्मचारी वा पदाधिकारी वा अनुगमनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मी वा स्वंयसेवक वा पर्यवेक्षकले निर्वाचनको कुनै काम गर्दा कानून बमोजिम कुनै उम्मेदवारलाई आफ्नो मत दिन बाहेक कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा कुनै किसिमको काम गर्न वा गराउन हुदैन ।

६०. निर्वाचनको कार्यक्रम प्रकाशन भए पछि निर्वाचन समाप्त नहुन्जेल सम्म मुलुकलाई प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधि मण्डल बाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार वा कुनै सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय वा स्थानीय निकायको तर्फाट विदेश भ्रमणमा जान पाइने छैन ।


परिच्छेद - ४
आम सञ्चार माध्यमले पालना गर्नु पर्ने आचरण

सरकारी, अर्ध सरकारी तथा निजी क्षेत्रका आम संचार (श्रव्य, दृश्य तथा मुद्रण) का माध्यमहरुले देहायका आधारभूत सिद्धान्तका अधीनमा रही देहाय बमोजिम निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यक्रमहरु संचालन गर्नु पर्नेछ :-

आधारभूत सिद्धान्त :

६१. स्वतन्त्ररुपले अभिमत व्यक्त गर्ने मतदाताको अधिकारको संरक्षण गर्ने सर्न्दर्भमा सत्य तथ्य र पूर्वाग्रहरहित सूचना सम्प्रेषणमा जोड दिनु पर्नेछ ।

६२. निर्वाचनसँग सम्बन्धित शिक्षामूलक समाचार सम्प्रेषणलाई उच्च प्राथमिकता दिनु पर्नेछ ।

सत्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण :

६३. निर्वाचन सम्बन्धी सूचना तथा समाचारको सम्प्रेषण गर्दा पूर्वाग्रहरहित र वस्तुनिष्ठ ढङ्गले गर्नु पर्नेछ ।

६४. निर्वाचनसँग सम्बन्धित आवश्यक सूचना तथा समाचारहरु सम्प्रेषण गर्नबाट रोक्न, दबाउन वा लुकाउन हुंदैन ।

६५. र्सवसाधारणलाई भ्रममा पार्ने गरी निर्वाचन सम्बन्धी सूचना प्रकाशन वा प्रसारण गर्न हुदैन ।

६६. र्सवसाधारणको चासोसँग सम्बन्धित सबै विषयहरु सम्भव भएसम्म सूचना तथा समाचारमा समावेश गर्नु पर्नेछ । यस्ता सूचना संकलन र सम्प्रेषणमा कसैले वाधा अवरोध पुर्‍याएमा सो कुरा समेत सम्प्रेषण गर्नु पर्नेछ ।

६७. राजनैतिक दल वा उम्मेदवारसँग सम्बन्धित समाचारलाई पूर्वाग्रह नराखी सम्प्रेषण गर्नु पर्नेछ । त्यस्तो समाचार सम्प्रेषण गर्दा कुनै राजनैतिक दलका नेता वा उम्मेदवार वा सत्तारुढ दललाई विशेष प्राथमिकता दिनु हुदैन ।

संचार माध्यमको व्यवहार :

६८. निर्वाचन प्रचार प्रसारको क्रममा कसैबाट कुनै किसिमको अनुचित लाभ ग्रहण गर्न वा पेशागत आचरण एवं मान्यता विपरीत हुने कुनै काम कारबाही गर्नु हुदैन ।

६९. कुनै पनि किसिमले भेदभाव दर्शाउने वा हिंसा उक्साउने खालका भाषाको प्रयोग वा दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत, लिङ्ग, भाषा, धर्म, राजनैतिक वा अन्य कुनै पनि किसिमको सदभावमा प्रतिकूल असर पुग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन ।

७०. निर्वाचनमा महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, मधेसी लगायतका सीमान्तकृत समूहहरुको सहभागितालाई हौसला दिन अनुकूल भूमिका निर्वाह गर्नु पर्नेछ ।

सच्याउने दायित्व :

७१. निर्वाचन प्रचार प्रसारको क्रममा कुनै गलत वा भ्रम सिर्जना गर्ने किसिमका समाचार प्रकाशन वा प्रसारण हुन गएमा त्यसलाई उच्च प्राथमिकता दिई सम्बद्व संचार माध्यम तथा संचारकर्मीले तुरुन्त सच्याउनु पर्नेछ ।

निःशुल्क प्रसारण सुविधा :

७२. समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गतको निर्वाचनमा भाग लिने राजनैतिक दललाई सो दलले खडा गरेको कूल उम्मेदवारको अनुपातमा दफा ७३ मा उल्लेख भए बमोजिमको निःशुल्क समय प्रचार प्रसारको लागि प्रसारण सेवामा प्रदान गरिनेछ ।

७३. दफा ७२ मा उल्लेख भए बमोजिम निःशुल्क समय उपलब्ध गराउँदा कूल तीन चरण गरी रेडियो र टेलिभिजन प्रसारण सेवामा सो दलले खडा गरेको उम्मेदवारको अनुपातमा समय दिइनेछ । यसरी समय दिंदा उम्मेदवारीको अनुपातमा पहिलो चरणमा सो राजनैतिक दलको घोषणापत्रको र्सार्वजनिकीकरणको लागि ५-२० मिनेटसम्म रेडियो प्रसारण सेवामा, दोस्रो चरणमा निर्वाचन प्रचार प्रसारको लागि २-५ मिनेटसम्म टेलिभिजन प्रसारण सेवामा र तेस्रो चरणमा प्रत्येक राजनैतिक दललाई अभिमत प्राप्तीको अन्तिम आव्हानका लागि दफा ७४ मा लेखिए बमोजिमको मौन अवधि शुरु हुनु अघि १/१ मिनेट टेलिभिजन प्रसारण सेवामा दिइनेछ । यसरी राजनैतिक दललाई निर्वाचन प्रचार प्रसारको लागि समय दिंइदा उल्लेख गरिए बमोजिमको चरणमा प्रचार प्रसार गरिने सामग्री सो दलले तयार गरी सम्बन्धित प्रसारण सेवालाई दिनु पर्नेछ ।

मौन अवधि :

७४. कुनै पनि सञ्चार माध्यमले कुनै पनि किसिमको निर्वाचन सम्बन्धी प्रचार प्रसार, राजनैतिक सन्देश वा निर्वाचन अभियानको प्रसारण मतदानको दिनको अघिल्लो ४८ घण्टा देखि गर्न पाउने छैन र यस्तो मौन अवधि मतदानको दिन अन्तिम मतदान केन्द्र बन्द नहुन्जेल सम्मका लागि लागू हुनेछ ।

तर निर्वाचन आयोगले प्रवाह गरेको सूचना सम्प्रेषण गर्न वाधा पुगेको मानिने छैन ।

सरकारी सञ्चार माध्यम :

७५. सरकारी प्रकाशनहरु वा प्रसारकहरुले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सम्पादकीय लेख्ने वा प्रसारण गर्ने छैनन् ।

७६. मतदाता माझ आफ्ना विचार नीति तथा कार्यक्रम अभिव्यक्त गर्न स्पष्ट तथा मनासिव आधारमा सरकारी सञ्चार माध्यमहरुले राजनैतिक दलहरु वा उम्मेदवारहरुलाई अवसर दिनु पर्नेछ ।

७७. सरकारी सञ्चार माध्यमले मतदाता शिक्षा सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न प्राथमिकता दिनु पर्नेछ ।

अभिलेख :

७८. संविधान सभा सदस्य निर्वाचन सम्बन्धी प्रकाशित वा प्रसारित कुनै पनि सूचना सञ्चार माध्यम वा तिनका प्रतिनिधिले प्रकाशन वा प्रसारण भएको मितिले ३५ दिनसम्म सुरक्षित राख्नु पर्नेछ ।

अनुगमन :

७९. निर्वाचन आयोगले विभिन्न संचार माध्यमहरुद्वारा निर्वाचनको प्रचार प्रसारको सिलसिलामा प्रकाशन तथा प्रसारण भएका सूचनाहरुको नियमित अनुगमन गर्नेछ । यसरी अनुगमनको क्रममा देखा परेका आचार संहिता उल्लघंनका कुराहरु सच्याउन निर्वाचन आयोगले सम्बन्धित संचार माध्यमलाई निर्देशन दिन सक्नेछ । निर्वाचन आयोगले दिएको निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित संचार माध्यमको हुनेछ ।


परिच्छेद - ५
निर्वाचन खर्च सम्बन्धी व्यवस्था

राजनैतिक दल वा उम्मेदवारले निर्वाचन अभियान संचालन गर्दा गर्ने खर्चको सम्बन्धमा देहायका आचरण पालना गर्नु गराउनु पर्नेछ :-

८०. निर्वाचनको खर्चको अधिकतम सीमा अनुसूची-१ मा तोकिए बमोजिम हुनेछ ।

८१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्न्तर्गतको निर्वाचनको उम्मेदवारले निर्वाचन सम्बन्धी कार्यमा खर्च गर्दा अनुसूची-१ मा तोकिएको सीमाभित्र रही खर्च गर्नु पर्नेछ र निर्वाचन खर्चको विवरण निर्वाचन परिणामको घोषणा भएकोे मितिले पैंतीस दिन भित्र अनुसूची-२ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्नेछ ।

८२. समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गत हुने निर्वाचनमा भाग लिएका राजनैतिक दलले निर्वाचन सम्बन्धी कार्यमा खर्च गर्दा अनुसूची-१ मा तोकिएको सीमाभित्र रही खर्च गर्नु पर्नेछ र निर्वाचन खर्च सम्बन्धी विवरण अनुसूची-३ बमोजिमको ढाँचामा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले पैंतीस दिन भित्र निर्वाचन आयोग समक्ष बुझाउनु पर्नेछ ।

८३. प्रत्येक उम्मेदवारले निर्वाचनको कार्यमा स्वयम् वा आफ्नो प्रतिनिधिद्वारा मात्र खर्च गर्नु गराउनु पर्नेछ ।

८४. उम्मेदवारले निर्वाचन खर्चको हिसाब पेश गर्दा आफ्नो राजनैतिक दल वा अन्यत्रबाट कुनै खर्च गरिएको भए त्यस्तो खर्च समेत देखाउनु पर्नेछ ।

८५. राजनैतिक दलहरुले आफ्नो दलका प्रत्येक उम्मेदवारको सम्बन्धमा गरेको खर्चको विवरण अलग अलग देखिने गरी राख्नु पर्नेछ र त्यस्तो विवरण निर्वाचनको परिणामको घोषणा भएको मितिले ३५ दिन भित्र निर्वाचन आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।


परिच्छेद - ६
कार्यान्वयन तथा अनुगमन

८६. आचार संहिताको पालना भएको छ छैन तत् सम्बन्धमा निर्वाचन आयोगले आवश्यकता अनुसार अनुगमन टोलीहरु गठन गरी जाँचबुझ र अनुगमन गर्ने गराउनेछ ।

८७. आचार संहिताको उल्लघंनको सम्बन्धमा राजनैतिक दल वा उम्मेदवार वा कुनै व्यक्तिले मौखिक वा विद्युतीय संचार माध्यमबाट वा अनुसूची-४ को ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय वा अनुगमन टोली वा निर्वाचन आयोगमा लिखित रुपमा जानकारी दिन सक्नेछ ।

८८. आचार संहिता उल्लघंन सम्बन्धी लिखित वा मौखिक जानकारी वा निवेदन प्राप्त भएमा सो को रोकथामको लागि जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय वा अनुगमन टोलीले स्थानीय प्रशासन वा प्रहरीलाई लेखी सो को जानकारी तत्काल निर्वाचन आयोगलाई दिनु पर्नेछ ।

८९. आचार संहिता पालना सम्बन्धमा जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचार संहिता पालना नभएको वा उल्लघंन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा वदर गर्नको लागि निर्वाचन आयोगले सम्बन्धित राजनैतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिन सक्नेछ ।

९०. आचार संहिता उल्लंघन भएको देखिए वा पाइएमा निर्वाचन अधिकृत वा जिल्ला निर्वाचन अधिकृत वा अनुगमन टोलीले स्थानीय प्रशासन वा प्रहरीको सहयोग लिई सोको रोकथामका लागि तत्काल आवश्यक कारबाही गर्नु पर्नेछ ।

९१. आचार संहिता उल्लंघन भएको देखिए, बुझिए वा सुनिएमा सम्बन्धित निर्वाचन अधिकृत वा मतदान अधिकृत वा अनुगमन टोलीले त्यस्तो कार्यको तुरुन्त रोकथाम गर्नु पर्नेछ । यसका लागि स्थानीय प्रशासन र स्थानीय प्रहरीबाट आवश्यकता अनुसार सहयोग लिन सकिनेछ र सहयोग दिनु स्थानीय प्रशासन र प्रहरीको कर्तव्य हुनेछ ।

९२. आचार संहिता उल्लंघन सम्बन्धी कारबाहीका विवरणहरु निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।

९३. कुनै राजनैतिक दल वा उम्मेदवार लगायत आचार संहिता लागू हुने कुनै पनि पक्षले आचार संहिता पालना नगरेमा तत्काल सो कुरा निर्वाचन आयोगले सञ्चार माध्यम मार्फ र्सवसाधारणलाई जानकारी गराउनेछ ।

९४. कर्मचारीहरुले आचार संहिता उल्लंघन गरेमा निर्वाचन अधिकृत वा मतदान अधिकृतले आवश्यक कारबाहीका लागि सोझै वा जिल्ला निर्वाचन कार्यालय मार्फ निर्वाचन आयोगमा लेखी पठाउनु पर्नेछ ।


परिच्छेद-७
विविध

९५. मत र्सर्वेक्षण गर्न गराउन हुदैन : उम्मेदवारको मनोनयन दर्ता भएको मिति देखि मतदानको कार्य समाप्त नभए सम्म कसैले पनि कुनै राजनैतिक दल वा उम्मेदवारको निर्वाचनको परिणाममा प्रत्यक्ष असर पर्ने गरी गरिएको मत सर्वेक्षणको परिणाम प्रकाशन गर्न गराउन पाउने छैन । यसैगरी पहिले नै संचालन गरिएको मत र्सर्वेक्षणको परिणामलाई पनि मतदानको कार्य समाप्त नभएसम्म घोषणा गर्न पाउने छैन ।

९६. अनुगमनको विवरण प्रकाशन गर्नु पर्ने : यस आचार संहिताको पालना भए नभएको सम्बन्धमा निर्वाचन आयोगले अनुगमन गर्दा गराउँदा यस आचार संहिताको उल्लघंन भएको पाएमा निर्वाचन आयोगले त्यसको विवरण र्सार्वजनिक रुपमा प्रकाशन गर्नेछ ।

९७. गैर सरकारी संस्थाले आचार संहिता पालना गर्नु पर्ने : निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनु गैर सरकारी संस्थाको कर्तव्य हुनेछ । गैर सरकारी संस्थाले पालना गर्नु पर्ने आचरणका सम्बन्धमा छुट्टै कार्यविधि जारी गरिनेछ ।

९८. बाधा अडकाउ फुकाउने : यस आचार संहिताको कार्यान्वयन गर्दा वृहत्त शान्ति सम्झौताको कार्यान्वयन लगायत अन्य कुनै वाधा आई परेमा निर्वाचन आयोगले आदेश जारी गरी त्यस्तो वाधा अडकाउ फुकाउन सक्नेछ ।


द्रष्टव्य : सजाय सम्बन्धी व्यवस्था :

१. कसैले आचार संहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न निर्वाचन आयोगले सम्बन्धितलाई आदेश दिने र त्यस्तो आदेश बमोजिम काम कारबाही नरोक्ने व्यक्ति वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने एवं आचार संहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने । (निर्वाचन आयोग ऐन, २०६३ को दफा २९)

२. निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन खर्चको हद भन्दा बढी खर्च गरेमा वा खर्चको विवरण आयोग समक्ष पेश नगरेमा आयोगले त्यस्तो व्यक्तिलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हद मध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्न सक्ने र खर्चको लेखा परीक्षण प्रतिवेदनको आधारमा अनुचित तवरले खर्च गरेको देखिएमा त्यस्तो व्यक्तिलाई तत्कालै देखि लागू हुने गरी बढीमा ६ वर्षम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गरी आयोगले निर्ण्र्ाागर्न सक्ने र यसरी निर्णय गरेकोमा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः वदर हुने । (निर्वाचन आयोग ऐन, २०६३ को दफा ३१)


अनुसूची - १
(दफा ८० सँग सम्बन्धित)
निर्वाचन खर्चको सीमा


(क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्न्तर्गत उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम सीमा

क्र.सं. खर्च शीर्षक खर्च सीमा रु.
१. मतदाता नामावली खरिद १५००/-
२. सवारी साधन - १/घोडा - २ ६००००/-
३. सवारी इन्धन/दाना ४८०००/-
४. लाउडस्पिकर ४००००/-
५. पर्चा छपाई ७५०००/-
६. ढुवानी १००००/-
७. आमसभा, गोष्ठी ७५०००/-
८. अन्य प्रचार प्रसार (छापा एवं विद्युतीय माध्यम) २५०००/-
९. कार्यालय सञ्चालन ३००००/-
१०. कार्यकर्ता परिचालन ५००००/-
११. बुथ खर्च २५०००/-
१२. विविध २००००/-
जम्मा :- ४५९५००/-


(ख) समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गत राजनैतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा

समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गत राजनैतिक दलले आफूले पेश गरेको बन्द सूचीमा उम्मेदवारी दिएको उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु. ५०,०००/- का दरले हुन आउने रकम सम्म खर्च गर्न सक्नेछ ।


अनुसूची - २
(दफा ८१ सँग सम्बन्धित)
निर्वाचन खर्चको विवरण


श्री जिल्ला निर्वाचन कार्यालय,
.................... जिल्ला,

संविधानसभा सदस्यको निर्वाचनको लागि ............................. जिल्ला, निर्वाचन क्षेत्र नं. .................... बाट म/श्री/श्रीमती/सुश्री ............................................ उम्मेदवार भएकोमा सो सम्बन्धमा मैले/निज उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ६९ को उपदफा (४) तथा संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०६४ को दफा ८१ बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छ ।

क्र.सं. खर्चको शीर्षक कार्य परिमाण खर्चको रकम कैफियत
१. मतदाता नामावली खरिद
२. सवारी साधन/घोडा
३. सवारी इन्धन/दाना
४. लाउडस्पिकर
५. पर्चा छपाई
६. ढुवानी
७. आमसभा, गोष्ठी
८. अन्य प्रचार प्रसार (छापा एवं विद्युतीय माध्यम)
९. कार्यालय सञ्चालन
१०. कार्यकर्ता परिचालन
११. बुथ खर्च
१२. विविध
कुल जम्मा

सही :............................
नाम, थर :............................
मिति :............................
उम्मेदवार/निर्वाचन प्रतिनिधि :............................


अनुसूची - ३
(दफा ८२ सँग सम्बन्धित)
निर्वाचन खर्चको विवरण


श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।

संविधानसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ................................. राजनैतिक दलले गरेको सम्पूर्ण खर्चको विवरण संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ६९ को उपदफा (४) तथा संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०६४ को दफा ८२ बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छ ।

क्र.सं. खर्चको शीर्षक कार्य परिमाण खर्चको रकम कैफियत
१. मतदाता नामावली खरिद
२. सवारी साधन/घोडा
३. सवारी इन्धन/दाना
४. लाउडस्पिकर
५. पर्चा छपाई
६. ढुवानी
७. आमसभा, गोष्ठी
८. अन्य प्रचार प्रसार (छापा एवं विद्युतीय माध्यम)
९. कार्यालय सञ्चालन
१०. कार्यकर्ता परिचालन
११. बुथ खर्च
१२. विविध
कुल जम्मा


सही :............................
नाम, थर :............................
राजनैतिक दलको नाम :............................
पद :............................
मिति :............................


अनुसूची - ४
(दफा ८७ सँग सम्बन्धित)


विषय :- आचार संहिता उल्लंघन सम्बन्धमा ।

श्री निर्वाचन आयोग/निर्वाचन अधिकृतको कार्यालय/ जिल्ला निर्वाचन कार्यालय/अनुगमन समिति /अनुगमन टोली संविधान सभा सदस्य निर्वाचनको सिलसिलामा आचार संहिता पालना गर्नु पर्ने कर्तव्य भएको देहायको राजनैतिक दल/उम्मेदवार/निजसँग सम्बन्धित व्यक्तिहरु/सरकारी निकाय/सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको निकाय/स्थानीय निकाय/सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रका आम सञ्चारका माध्यमर्/कर्मचारीले देहाय बमोजिमको आचार संहिता उल्लंघन गरेकोले संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०६४ बमोजिम पालना गर्राई गर्न लगाई सोही आचार संहिता बमोजिम कारबाही गरी पाउँ ।


आचार संहिता उल्लंघन गर्नेको नाम, थर :-
ठेगाना :-
उल्लंघन व्यहोरा :-

निवेदकको             

दस्तखत :- ..........................
नाम :- ...............................
थर :- ................................
ठेगाना :- .............................


TOP TOP
                                                                                                                                                                                                                                                                         

ताजा खबर
— प्रेस विज्ञप्ति
Training conducted on 17-18 of Paush
— प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ती
— सूचना/आव्हान
विभिन्न सामग्रीहरु को सिलबन्दी बोलपत्र आव्हान
बाँकि
लिंकहरु
मतदान प्रक्रियाहरु
निर्वाचन आयोग
प्राय सोधिएका प्रश्नहरु
आचार संहिता
निर्वाचन नतिजा
ऐन, नियम तथा नियमावलीहरु

सम्पर्क
निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं, नेपाल
फोन: (९७७ १) ४२२८६६३
फ्याक्स: (९७७ १) ४२२९२२७
ईमेल: info@election.gov.np



गृह पृष्ठ  |  साइट सूची  |  सम्पर्क  |  प्रतिक्रिया  |  गोप्यता  |  Disclaimer
© २००८ — निर्वाचन आयोग — सर्वाधिकार सुरक्षित