प्रत्यक्ष निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम सूची (सं.स.स निर्वाचन २०६४)





E-Voting



खोज गर्नुहोस्

Search






संचार केन्द्र पृष्ठ
View this page in English.
पत्रकारहरूलाई औपचारिक मान्यता

औपचारिक मान्यता कहाँबाट पाउने

पत्रकारहरूलाई निम्न संस्थाले औपचारिक मान्यता प्रदान गर्छ :

सूचना विभाग
(काठमाडौँस्थित विमानस्थलबाट २०० मिटर दायाँतिर सञ्चारग्राममा अवस्थित)
प्रेस शाखा
तेस्रो तला, कोठा नं.१७ (बायाँ)
टेलिफोन + ९७७(०)१ ४४८३२५३ एक्स.११३
कार्यालय खुल्ने समय : आइतबारदेखि बिहीबारसम्म, बिहान १०-देखि साँझ ५ बजे र शुक्रबार बिहान १०-देखि साँझ ३ बजेसम्म

औपचारिक मान्यता पाइसकेका नेपाली पत्रकारहरूले नयाँ मान्यता लिनुपर्दैन ।

औपचारिक मान्यता कसरी पाउने

नौ महिनाको अस्थायी मान्यता प्राप्त गर्न विदेशी पत्रकारहरूले :

१. आवेदन फाराम भर्नुपर्छ ।
२. आफ्ना राहदानी र भिसाको एक-एक प्रति संलग्न गर्नुपर्छ । -थप जानकारीका लागि तल हेर्नुहोस् ।)
३. एक प्रति आफ्ना अन्तराष्ट्रिय प्रेसकार्ड (अन्तराष्ट्रिय पत्रकार महासङ्घद्वारा जारी गरिएको) वा आफूले प्रतिनिधित्व गर्ने सञ्चार संस्थाले दिएको सिफारिसपत्र (सञ्चार प्रतिनिधिको नाम, काम र राहदानीको विवरण र कहिलेदेखि कहिलेसम्म प्रतिनिधिले नेपालमा कार्य गर्ने भन्ने सहितको सञ्चार संस्थाको लेटरहेडमा पत्र)-को एक प्रति संलग्न गर्नुपर्छ ।
४. परिचयपत्र आकारको ४ वटा तस्बिर संलग्न गर्नुपर्छ ।
५. रु. ५ को १ हुलाक टिकट संलग्न गर्नुपर्छ । (सूचना विभागभित्रैको हुलाक कार्यालयमा टिकट किन्न सकिन्छ ।)
६. कार्यालय प्रमुख श्री नारायण ब.कुँवर वा निजका सहायकलाई रु. ९०० भुक्तान गर्नुपर्छ ।

केही घण्टाभित्रै अस्थायी प्रेसकार्ड जारी गरिनेछ ।

नेपाल प्रवेश गर्न भिसा कसरी प्राप्त गर्ने

(थप जानकारीका लागि http://www.immi.gov.np/ हेर्नुहोस् ।)
अफगानिस्तान, प्यालेस्टाइन, इराक, नाइजेरिया, स्वाजिल्यान्ड र जिम्बाबे (यी ६ मुलुकका सञ्चार प्रतिनिधिले विदेशस्थित नेपाली राजदूतावासबाट भिसा प्राप्त गर्नुपर्छ ।)-बाहेक सवै देशका सञ्चार प्रतिनिधिहरूले काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेपछि पर्यटकीय भिसा प्राप्त गर्न सक्षम हुनेछन् । उनीहरूसँग दुइ विकल्प हुनेछन् :

१. ३० अमेरिकी डलर पर्ने ६० दिन म्याद भएको एकल प्रवेश पर्यटकीय भिसा (थप जानकारीका लागि http://www.immi.gov.np/ हेर्नुहोस् ।) -का लागि अनुरोध गर्ने (परिचयपत्रआकारका तस्बिरको आवश्यकता पर्छ ।),
२. तीनदिने निःशुल्क भिसाका लागि अनुरोध गर्ने ।

सञ्चार प्रतिनिधिहरूले तीनदिने निःशुल्क भिसा रोजे भने उनीहरूले तीन दिनभित्र सूचना विभागबाट अस्थायी प्रेसकार्ड प्राप्त गर्नुपर्छ र सोही विभागलाई सिफारिसपत्रका लागि अनुरोध गर्नुपर्छ । त्यसपछि सञ्चार प्रतिनिधिहरूले आवेदन फाराम, ४ प्रति तस्बिर, राहदानी तथा भिसाका प्रतिलिपि र सूचना विभागको सिफारिसपत्र निम्न संस्थामा पेस गर्नुपर्छ :

अध्यागमन विभाग
गृह मन्त्रालय
इम्प्याक्ट नेपाल भवन, माइतीघर, काठमाडौँ
शिवराज जोशी (अध्यागमन अधिकृत, गैरपर्यटकीय भिसा)

केही घण्टाभित्रै सञ्चार प्रतिनिधिहरूले प्रति महिना १० अमेरिकी डलर भुक्तान गर्नुपर्ने एक वर्षम्मको वैधता भएको गैरपर्यटकीय भिसा प्राप्त गर्न सक्षम हुनेछन् ।

निर्वाचनका दिन मतदान केन्द्रहरूमा प्रवेश

निर्वाचनका दिन मतदान केन्द्रमा प्रवेश गर्नका लागि नेपाली र विदेशी दुवै सञ्चार प्रतिनिधिहरूलाई निर्वाचन आयोगको सञ्चार केन्द्र र काठमाडौँ आउन नसक्ने नेपाली पत्रकारहरूलाई जिल्ला निर्वाचन कार्यालयहरूमा गई निर्वाचनदिनका लागि सञ्चार प्रतिनिधि आचार संहितामा हस्ताक्षर गर्न अनुरोध गरिन्छ । हस्ताक्षर गरिएको एक प्रति निर्वाचन आयोगको अभिलेखमा राखिनेछ भने अर्को प्रति सञ्चार प्रतिनिधिलाई दिइनेछ ।

हस्ताक्षर गरिएको निर्वाचनदिनका लागि सञ्चार प्रतिनिधि आचार संहिताको प्रतिलिपि र नेपाली प्रेसकार्डसहितका सञ्चार प्रतिनिधिहरूलाई मतदान तथा मतगणना केन्द्रमा प्रवेश गर्न दिइनेछ । सञ्चार प्रतिनिधिहरूले आफूले औपचारिक मान्यता पाएको पत्र मतदान अधिकृतलाई देखाउनुपर्छ, मतदान केन्द्रमा बस्न अनुमति माग्नुपर्छ र वैधानिक निर्देशन (उदाहरणका लागि मतदान केन्द्रमा अत्याधिक भीड भएमा) माग्नुपर्छ (नियम १, निर्वाचनदिनका लागि सञ्चार प्रतिनिधि आचार संहिता) ।

सञ्चार प्रतिनिधि प्रवेश अनुमतिपत्र

सञ्चार प्रतिनिधी प्रवेश अनुमति पत्र सम्वन्धी व्यवस्था

मिडिया सेन्टर प्रयोग संबन्धी कार्यविधि



TOP TOP
                                                                                                                                                                                                                                                                         

ताजा खबर
२००८-४-०९ — प्रेस विज्ञप्ति
मतदान सकिएपछि के हुन्छ ?
२००८-४-०४ — समाचार
२०६४ साल चैत १९ गतेको प्रेस ब्रिफीङ
२००८-४-०३ — प्रेस विज्ञप्ति
उमेद्वारहरु माथी नै संाघातिक आक्रमण गर्ने जस्ता घटनाले आयोगलाई अत्यन्त चिन्तित बनाएको छ
बाँकि
लिंकहरु
मतदान प्रक्रियाहरु
प्रमुख निर्वाचन आयुक्त
प्राय सोधिएका प्रश्नहरु
आचार संहिता
निर्वाचन नतिजा
ऐन, नियम तथा नियमावलीहरु

सम्पर्क
निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं, नेपाल
फोन: (९७७ १) ४२२८६६३
फ्याक्स: (९७७ १) ४२२९२२७
ईमेल: info@election.gov.np



गृह पृष्ठ  |  साइट सूची  |  सम्पर्क  |  प्रतिक्रिया  |  गोप्यता  |  Disclaimer
© २००८ — निर्वाचन आयोग — सर्वाधिकार सुरक्षित