ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन आयुक्तहरूको सङ्क्षिप्त परिचय


वर्तमान निर्वाचन आयुक्तहरू

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव

जन्म : प्रशवनी गा.वि.स. वडा नं. ७ बनौली, सप्तरीमा वि.सं.२०१२
शिक्षा : बि.ए., बि.एल., एक वर्षे बि.एड.(अङ्ग्रेजी) त्रिभुवनविश्वविद्यालय, स्नातकोत्तर, बाबा अम्बेडकर विहार विश्वविद्यालय, मुजफ्फरपुर, भारत र पिएचडी ।
वैदेशिक भ्रमण : थाइल्याण्ड, भियतनाम, बंगलादेश, कम्बोडिया, दक्षिण अफ्रिका, लेसोथो, जापान, इण्डोनेसिया, मलेसिया, श्रीलङ्का, अष्ट्रेलिया, दक्षिण कोरिया, केन्या र अमेरिका ।
अनुभव : महेन्द्र मोरङ क्याम्पसमा सहायक प्राध्यापक, महाप्रबन्धक, जुट विकास तथा व्यापार संस्थान र २०६३ साल पौष २७ गतेदेखि २०६९ पौष २६ गतेसम्म निर्वाचन आयुक्त, हाल प्नमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग ।
प्रकाशित कृति : Elementary Statistics, Calculus for B.A., Business Statistics, नेपालको अर्थशास्त्र, निर्वाचन प्रणालीको सङ्क्षिप्त रूपरेखाः नेपालको सन्दर्भ, Election Cost in Nepal, Constituent Assembly Election 2008 At a Glance, Voter Registration System in Nepal नेपालको अर्थ–राजनीति र सामाजिक राजनीतिक स्वरूप (लेख सङ्ग्रह) लगायत दर्जनौँ पुस्तक प्रकाशित ।

 

डा. यादव पेशाले अनुसन्धानकर्ता र शिक्षक हुनुहुन्छ । स्नातकोत्तरमा अर्थशास्त्रमा स्वर्ण मेडल पाउनुभएका डा. यादवले सोही विषयमा विद्यावारिधि पनि प्राप्त गर्नुभएको छ । उहाँको २४ वर्षे अध्यापन अनुभव छ । डा. यादव अनुभवी प्रशासक, अनुसन्धाता, लेखक, अधिवक्ता, मानवअधिकारकर्मी, सप्तरीको नागरिक समाजको समन्वयकर्ता हुनुहुन्छ । निर्वाचन आयुक्तको पदमा नियुक्त हुनअघि उहाँले सहायक क्याम्पस प्रमुखको पदभार सम्भाल्नुभएको थियो । अध्यापन बाहेक उहाँले देशको ग्रामीण भेगमा धेरै महत्वपूर्ण अनुसन्धानका कार्य पनि गर्नुभएको छ ।
सामाजिक–आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा डा. यादवले एक दर्जनभन्दा बढी अनुसन्धान कार्यपत्रहरु देश र विदेशका कार्यशाला गोष्ठीका लागि लेख्नुभएको छ । डा. अयोधी प्रसाद यादवले सन् १९९४ र १९९१ को निर्वाचनमा तथा स्थानीय चुनावमा सन् १९९२ र १९९७ मा निर्वाचन परिवेक्षकका रुपमा कार्य गर्नुभएको थियो ।
उहाँका नाममा सातवटा पुस्तक प्रकाशित छन् । त्यसदेखि बाहेक उहाँले दैनिक पत्रपत्रिका र जर्नलहरुका लागि थुप्रै लेखहरु लेख्नुभएको छ । डा. यादवले अनुसन्धान र शिक्षा क्षेत्रका प्रतिष्ठित पुरस्कारहरु पनि थुप्रै पाउनुभएको छ । यसका साथै उहाँ नेपाल रेड क्रस, सप्तरी मानवअधिकार फोरम र नेपाल बार एसोसिएसन सहितका थुप्रै संस्थाहरुमा सहभागी हुनुभएको छ ।
निर्वाचन आयोग नेपालमा उहाँको सफल कार्यकालका दौरान उहाँले निम्न किताब लेखी प्रकाशनमा ल्याउनुभएको छ —
१. निर्वाचन प्रणालीको संक्षिप्त रुपरेखा (नेपालीमा)
२. नेपालमा निर्वाचन खर्च
३. संविधानसभा निर्वाचन २००८ एक झलकमा
४. नेपालमा मतदाता दर्ता प्रणाली
सन् २०१३ जनवरी १० तारिखमा उहाँले निर्वाचन आयोगमा निर्वाचन आयुक्तका रुपमा पहिलो ६ वर्षे कार्यकाल सफलताका साथ सम्पन्न गर्नुभएको छ । उहाँ सन् २०१३ मार्च १४ मा पुनः निर्वाचन आयुक्तका रुपमा नियुक्त हुनुभएको हो ।

 

 

 
 

निर्वाचन आयुक्त इला शर्मा

शिक्षा: शर्माले वाराणसी, भारतबाट जीव विज्ञानमा बी.एस्. सी., कमन ल मा एलएल.बी. एवं संस्कृत साहित्यमा शास्त्रीगर्नुभएको छ। त्यसैगरी, नेपाल प्रेस इन्स्टिच्युट, काठमाडौँबाट पत्रकारितामा डिप्लोमा गर्नुभएको छ ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानूनमा एलएल.एम.एवं ब्रिटिश चेवेनिंग छात्रवृत्तिमा बेलायतको हल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार कानूनमा एलएल.एम. गर्नुभएको छ । यस्तै,निर्वाचन आयोगमा नियुक्ति हुँदा वहाँ एरास्मुस मुन्डुस छात्रवृत्तिमा बेल्जियमकोVrije Universiteit Brussel मा कानून एवं अपराध संकायमा विद्यावारिधि(पीएच.डी.) गर्दै हुनुहुन्थ्यो ।

निर्वाचन अनुभव:

शर्मा सन् २०१३ मार्च २४ देखि निर्वाचन आयोग नेपालको आयुक्त पदमा कार्यरत हुनुहुन्छ । निर्वाचन आयोगमा २०७०को निर्वाचनका बखत वहाँमाथि नियमित आयोगका काम कारवाही बाहेक दोस्रो पंचवर्षीय रणनीतिक योजना निर्माण,निर्वाचन कानून तर्जुमा, निर्वाचन कार्यविधि निर्माण, निर्वाचन संचालन तालिका निर्माण तथा प्रेस एवं संचार, लैंगिक एवं समावेशीकरणको कार्य हेर्ने विशेष जिम्मेवारी थियो भने २०१४ मा फोरम अफ इलेक्शन म्यनाजेमेन्ट बोडिज अफ साउथ एशिया (FEMBoSA) को पाँचौं सम्मेलन आयोजना गराउने जिम्मेवारी पनि वहाँले सम्पन्न गर्नु भयो।

वर्तमान अवस्थामा निर्वाचन आयोगमा वहाँले नियमित आयोगको कार्य बाहेक कानून तर्जुमा,राजनीतिक दल सम्बन्ध, मतदाता नामावली संकलन, लैंगिक एवं समावेशीकरण, प्रेस एवं संचार तथा  FEMBoSA पाँचौं मीटिंगको संकल्प प्रस्तावअनुसार नेपालमा साउथ एशिया इन्स्टिच्युट अफ डेमोक्रेसी एंड इलेक्टोरल स्टडीजको स्थापना सम्बन्धी कार्य हेर्नु हुन्छ। 

अन्य अनुभव:

वकालत,पत्रकारिता,विकासतथा जनसम्पर्क क्षेत्रमा उहाँको २५ वर्ष भन्दा बढीको अनुभव छ । पत्रकारिता पेशामा उहाँले राष्ट्रिय अंग्रेजी दैनिकमा संवाददाता, समाचार डेस्क सम्पादक तथा फीचर सम्पादकका रुपमा तेह्र वर्ष कार्य गर्नुभयो । उहाँले केही वर्ष महिला अधिकारसम्बन्धी स्तम्भ एवं धेरै वर्षसम्म सम्पादकीय लेख्नुभयो ।

कानूनको उच्च अध्ययन पश्चात् जनसम्पर्क परामर्श तथा अंग्रेजी राष्ट्रिय दैनिकमा राजनीति,विकास,लैङ्गिक मुद्दामा सम्पादकीय लेखनलाई निरन्तरता दिंदै उहाँले व्यापारिक कानूनी परामर्शदाता, प्रतिस्पर्धा कानून विशेषज्ञका रूपमा एवं पीआइएलद्वारा विकासको मुद्दाहरुको वकालतसम्बन्धी  कार्य गरी रहनु भयो।वहाँलेअन्तर्राष्ट्रिय कानून, व्यापार मामिला, मानवअधिकार र विकास क्षेत्रमा पर्याप्त अन्तर्राष्ट्रिय अनुभव बटुल्नुभएको छ ।

शर्माले अन्तर्राष्ट्रिय ख्याति प्राप्त International Law Association नेपाल शाखाको स्थापनामा सक्रिय भई समन्वयकर्ता एवं संस्थापक उपाध्यक्षको रूपमा कार्य गरी राख्नु भयेको छ।Food First Information Action Network--खाद्य तथा सूचना कार्य सञ्जाल(FIAN)को संस्थापक उपाध्यक्ष तथा सञ्चारमा दक्षिण एसियाली महिला South Asian Women in Media (SAWM) नामक संस्था एवं South Asia Watch on Trade, Economics & Environment(SAWTEE) को कार्यकारी बोर्डमा कार्य गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयमा त्रिभुवन विश्वविद्यालयबाट एल.एल.एम. सकेपछि नेपालमा संयुक्त लगानीको कार्य गर्ने एक व्यापारिक कानूनी कार्यालयमा परामर्शदाता अधिवक्ताका रुपमा अभ्यास गर्नुभयो । शर्माले निर्वाचन तथा नेपालको राजनीतिक अवस्थाका बारेमा हातेकिताब ‘निर्वाचन–२०५६’(डिआईएफडीका लागि मिडियालाइन प्रा.लि. द्वारा) सङ्कलन तथा सहलेखन गर्नुभयो ।

अन्तर्राष्ट्रिय व्यापार कानूनको (competition law) प्रतिस्पर्धा कानूनमा विशेषज्ञता हासिल गर्दै संयुक्त अधिराज्यको हल विश्वविद्यालयबाट ब्रिटिस चेभेनिङ छात्रवृत्तिअन्तर्गत अर्को एलएल.एम. पछि नेपाल फर्केर उहाँले नेपालको डब्ल्युटीओ सम्बन्धन अनुरूप घरेलू कानून कार्यान्वयनका लागि मस्यौदा तयार गर्न उद्योग तथा वाणिज्य मन्त्रालय तथा यूएनडीपीको आयोजनामा राष्ट्रिय परामर्शदाताका रुपमा सेवा गर्नुभयो । उहाँ विशेषतः उपभोक्ता कानून र कार्टेलिङ विषयमा जनचासोका मुद्दामा सहभागी हुनुहुन्थ्यो । यस्तै, एक्सनएड नेपालमा आर्थिक अधिकार र जीवनयापनका लागि टोली नेताका रुपमा उहाँ अल्पविकसित एवं विकासशील मुलुकहरुकोआर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, विश्वव्यापीकरण एवं खाद्य अधिकारका मुद्दामाहरूबारे वकालत गर्नमा संलग्न हुनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संयुक्त राष्ट्र संघमा सन्धि निर्माणमा नीतिगत वकालत गर्ने सञ्जालहरूमा सहभागी भई कार्य गर्नुभयो ।

 

 

 

 

निर्वाचन आयुक्त नरेन्द्र दाहाल

 फुङ्लिङ् गा.वि.स. वडा नं ७ ताप्लेजुङ्गमा २०१३ सालमा जन्मनु भएका माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहाल शिक्षाशास्त्र र कानूनमा स्नातक तथा जनप्रशासन, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।

 

माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहालले वि.सं. २०३८ मा निजामती सेवामा प्रवेश गर्नु भएको थियो त्यस अघि उहाँ वि.सं. २०३३ साल देखी शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । उहाँले आफ्नो निजामती सेवा अवधिमा गृह मन्त्रालय अन्तरगत विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त क्षेत्रीय प्रशासकको जिम्मेवारी निर्वाह गर्नुभएको छ । त्यसैगरी प्रहरी किताबखाना महानिर्देशक, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा कार्यकारी निर्देशक भई त्यहाँको समेत कार्यानुभव सँगाल्नु भएको छ ।

 

साथै माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहालसँग महालेखा नियन्त्रक र निर्वाचन आयोगको सचिव (२०७० सालको अर्को संविधानसभा सदस्य निर्वाचनको समयमा) भई काम गरेको अनुभव छ । उहाँले क्रिटिकल इन्सिडेन्ट म्यानेजमेन्ट (Critical Incident Management),संघीयता र सीमा सम्बन्धी कानून कार्यान्वयन लगायतका विभिन्न विषयमा विदेशमा तालिम लिनुएको छ भने सेवासम्बन्धी अन्य थुप्रै स्वदेशी तालिम पनि प्राप्त गर्नुभएको छ ।

 

उहाँ साहित्य प्रति रूची राख्नुहुन्छ । उहाँका आख्यान (कथा) र नियात्रासम्बन्धी पुस्तकहरू प्रकाशित छन् भने विभिन्न साहित्यिक सस्थाहरूसँग पनि उहाँको आवद्धता रहेको छ ।

 

उहाँले नेपालका प्राय सबै जिल्ला र भारत, चीन, अमेरिका, सिंगापुर, हङ्कङ, थाइल्याण्ड, जर्जिया लगायतका देशहरूको भ्रमण गर्नुभएको छ ।

 

 

 

निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेल

 माननीय निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको जन्म वि.सं. २०१५ साल वैशाख ११ गते स्याङ्जा जिल्लाको विचारी चौतारा गा.वि.स. वडा नं.६ मा भएको हो ।उहाँले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एमएएससी इन्जिनियरिङ (वातावरण),  त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (समाजशास्त्र), स्नातकोत्तर (जनप्रशासन), बंगलादेशको युनिभर्सिटी अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीबाट बीएससी (इञ्जिनियरिङ),  लफबर्ग युनिभर्सिटी अफ टेक्नोलोजी, यूकेबाट डिप्लोमा वातावरणीय (इञ्जिनियरिङका लागि परियोजना तयारी),  तथा एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट डिप्लोमा (इञ्जिनियरिङ) को शैक्षिक उपाधि हासिल गर्नुभएको छ ।

 
 
निर्वाचन आयुक्त पदमा नियुक्त हुनुभन्दा अघि माननीय ईश्वरीप्रसाद पौड्यालले विभिन्न सरकारी निकायहरूमा उच्च ओहोदामा रही काम गर्नुभएको छ । उहाँसँग शान्ति तथा पुनर्निमाण मन्त्रालय, रक्षा मन्त्रालय तथा जल तथा उर्जा आयोगको सचिवालयमा सचिव पदमा रही काम गरेको अनुभव छ ।
 
यसैगरी माननीय पौड्यालले खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता, योजना महाशाखातथा प्रशासन महाशाखा प्रमुख (सहसचिव) एवं अनुसन्धान अधिकृत, भौतिक योजना तथा निर्माण मन्त्रालय (योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा) का प्रमुख, सोही मन्त्रालयका प्रवक्ता (सहसचिव), ‘रुरल वाटर सप्लाइ एण्ड सेनिटेसन सेक्टर मोनिटरिङ एण्ड इभ्यालुएसन युनिट’ का प्रमुख (सिनियर सिनियर डिभिजनल इञ्जिनियर), क्षेत्रीय परियोजना व्यवस्थापन कार्यालय (धनगढी तथा इटहरी) का क्षेत्रीय परियोजना व्यवस्थापक, खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजनल इञ्जिनियर रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । 
 
उहाँले नेपाल शान्ति कोष (प्राविधिक समिति) का अध्यक्ष, सोही कोषका सदस्य सचिव, समन्वय समितिका अध्यक्ष, ग्रामीण खानेपानी आपूर्ति तथा सरसफाइसम्बन्धी विकास बोर्ड (कोष) का सदस्य, सडक अनुगमन तथा मूल्याङ्कनसम्बन्धी उच्चस्तरीय समितिका सदस्य, प्राविधिक शिक्षा तथा तथा व्यवसायिक तालिम परिषदका सदस्य, आर्थिक नीति तथा बजेट विश्लेषण कार्यदलका सदस्य, राष्ट्रिय योजना आयोग (मानव विकास प्रतिवेदन) का सल्लाहकार समितिका सदस्य, भौतिक योजना तथा निर्माण मन्त्रालय (परिवर्तन व्यवस्थापन टिम) का प्रमुखलगायतका पदमा रही कार्यसम्पादन गर्नुभएको छ । 
 
माननीय निर्वाचन आयुक्त पौड्याल नेपाल इञ्जिनियर्स असोसिएसन, सोसाइटी अफ पब्लिक इञ्जिनियर्स् नेपाल, पश्चिम विकास क्षेत्रीय मञ्च, नेपाल जनप्रशासन संघ (पान), नेपाल मध्यस्थता परिषद (नेप्का), बंगलादेश अलम्नाई, एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी अलम्नाईको आजीवन सदस्य हुनुहुन्छ । उहाँ सोसाइटी अफ टेक्निकल अडिटर्स् नेपालका उपाध्यक्ष र नेपाल इञ्जिनियरिङ परिषदका सदस्य पनि हुनुहुन्छ ।
 
उहाँ सार्वजनिक खरिद, करार व्यवस्थापन, विवाद निरूपण तथा मध्यस्थता, प्राविधिक परीक्षण, कार्यदक्षता व्यवस्थापन, खानेपानी आपूर्ति तथा खेर गएको पानीको सदुपयोग, तेस्रो पक्षद्वारा गरिने प्राविधिक परीक्षण, करारसम्बन्धी सर्त, करार व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, सीधा वैदेशिक लगानीसम्बन्धी नियामक निकायको ढाँचा सम्बन्धी प्रक्रियालगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सञ्चालित उच्चस्तरीय तालिम तथा कार्यशालामा सहभागी हुनुभएको छ । 
 
माननीय निर्वाचन आयुक्त पौड्यालले विश्वविद्यालय शोधपत्रका अतिरिक्त ‘जर्नल अफ जापान वाटर वर्कस् असोसिएसन’ (अंक ७९१ सन् २०००) मा लेख छापिएको छ .  
 
उहाँले आफ्नो क्षेत्रमा पुरयाउनुभएको योगदानस्वरूप नेपाल सरकारले प्रदान गर्ने सुप्रबल जनसेवा श्री पदक तथा एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी अलम्नाई असोसिएसनले दिने ‘विशिष्ट अलम्नाई पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । 
 

निर्वाचन आयुक्त सुधीर कुमार शाह

रुकुम जिल्लाको बाँफीकोट गा.वि.स. वडा नं.१ मा वि.सं. २०११।१२।२६ मा जन्मनु भएका माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाहले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा नेदरल्याण्डको ITC Institute बाट भूसूचना प्रणाली विषयमा Post Graduate Diploma गर्नुभएको छ  । साथै उहाँले त्रिभुवन विश्वविद्यालयबाट एक वर्षे बी.एड. पनि पूरा गर्नुभएको छ ।

उहाँले वि.सं. २०४० सालबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । सरकारी सेवामा प्रवेश गर्नुअघि उहाँले रूकुम सदरमुकामस्थित त्रिभुवन जनता माध्यमिक विद्यालय र बाँफीकोटस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा करिब ७ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो । आफ्नो सेवा अवधिमा राष्ट्रसेवकको रूपमा विभिन्न सरकारी निकायमा विभिन्न पदमा रही काम गरेको अनुभव उहाँसँग छ । विगतमा उहाँ कार्यरत रहनु भएका केही सरकारी निकाय यसप्रकार छन्:

 

निकाय

 पद

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

प्रमुख मालपोत अधिकृत

रक्षा मन्त्रालय

उपसचिव

गृह मन्त्रालय

उपसचिव

वीरगञ्ज उपमहानगरपालिका

कार्यकारी अधिकृत

काठमाडौ महानगरपालिका

का.मु. कार्यकारी अधिकृत

बैतडी, भोजपुर र काभ्रेपलाञ्चोक

प्रमुख जिल्ला अधिकारी

गृह मन्त्रालय, शान्ति सुरक्षा महाशाखा

सह सचिव

गृह मन्त्रालय, अध्यागमन विभाग

महानिर्देशक

 

 

यसका अतिरिक्त उहाँले पदीय हैसियतका आधारमा थप निम्न जिम्मेवारी पनि वहन गर्नु भएको थियोः–

निकाय    

जिम्मेवारी

नेपाल ओलम्पिक कमिटि

सदस्य

गृह मन्त्रालय,केन्द्रीय हज समिति

सदस्य सचिव

नेपाल पर्यटन बोर्ड

सदस्य

गृह मन्त्रालय

प्रवक्ता

गृह मन्त्रालय,सुरक्षा क्षेत्र सुधार कार्यदल

सदस्य सचिव

गृह मन्त्रालय,केन्द्रीय सुरक्षा समिति

सदस्य सचिव

 

यसका अलावा माननीय निर्वाचन आयुक्त शाहले सन् १९९६–९७ मा तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव र सन् २००२–२००३ मा प्रमुख स्वकीय सचिवको पदमा रही दुई पटक निजी सचिवालयको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । यसका अतिरिक्त उहाँले बंगलादेशमा सम्पन्न बिमिस्टेकको प्राविधिक समूहको बैठक, भूटानमा सम्पन्न सार्कको गृह सचिवस्तरीय बैठक र काठमाडौंमा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन कार्यसमूहको बैठकमा देशको तर्फबाट नेतृत्व गर्नुभएको थियो । उहाँले नेपाल, भारत र चीनमा सम्पन्न सीमा व्यवस्थापनर  सार्वजनिक सुरक्षा लगायत विविध विषयमा आयोजित विभिन्न बैठक एवम् गोष्ठीहरूमा सहभागिता जनाउनु भएको थियो ।

 

माननीय निर्वाचन आयुक्त शाहले शाहले देश र जनताको पक्षमा योगदान पुर्याएबापत  निजामती सेवा अवधिमा गोरखा दक्षिण बाहु (चौथो), दैवीप्रकोप पीडितोद्धार पदक एवम् गद्दी आरोहण पदकबाट विभूषित हुनु भएको थियो । उहाँसँग  भारत, भूटान, चीन, बंगलादेश, श्रीलंका, मालदिभ्स, साउदी अरेविया, नेदरल्याण्डस्, जर्मनी, डेनमार्क, बेल्जियम तथा फ्रान्सको भ्रमण गरेको अनुभव छ । 

ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort