ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन आचारसंहिता र निर्वाचन आचारसंहता अनुगमन निर्देशिका (मसौदा) सम्बन्धमा सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न




२०७३ कार्तिक २२

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सञ्चालन एवं व्यवस्थापन गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७२ जारी गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनको सुनिश्चितताको लागि आयोगले निर्वाचन आचारसंहिता अनुगमन निर्देशिकाको मसौदा तयार गरी मसौदामा सबै सरोकारवालाको मर्म र भावनालाई समेट्दै थप सुधार तथा परिमार्जन गरी अन्तिम रुप दिने प्रयोजनको लागि सरोकारवालासँग व्यापक छलफल र अन्तरक्रिया गर्ने क्रममा मिति २०७३ साल कार्तिक १९ गते कर्णाली अञ्चलको जुम्ला र २० गते मुगुमा निर्वाचन सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भयो ।  
 
जुम्लामा भएको अन्तरक्रिया कार्यक्रममा जुम्ला जिल्लाका वर्तमान सांसद, उच्च अदालत जुम्ला इजलासका माननीय न्यायाधीश, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल तथा तिनका भातृ संगठनका प्रमुख एवं प्रतिनिधिहरु, कानून व्यवसायी, नागरिक समाज, शिक्षक, गैरसरकारी संघ÷संस्था, सञ्चार माध्यमका प्रतिनिधिहरु, जिल्लाका समाजसेवी एवं बुद्धिजिवी लगायत करिब ८० जनाको उपस्थिति रहेको थियो भने मुगुमा भएको कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो ।  
 
अन्तरक्रिया कार्यक्रममा आयोगको तर्फबाट दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने त्यसपछिको छलफलमा सहभागीहरुको सक्रिय सहभागितामा निर्वाचनसम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै महत्वपूर्ण एवं व्यवहारिक सुझावहरु प्राप्त भएका थिए । कार्यक्रममा सहभागीहरुले आप्mनो धारणा राख्दै निर्वाचनको स्वच्छता र विश्वसनीयता अभिवृद्धिको लागि यसले महत्वपूर्ण योगदान पुर्याउने विचार व्यक्त गर्नुभयो । सो क्रममा उहाँहरुले आचारसंहिता र निर्देशिका निर्माण भन्दा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो । माननीय प्रमुख निर्वाचन आयुक्तबाट सहभागीहरुबाट उठाइएका जिज्ञासाहरुको बुँदागत रुपमा स्पष्ट पार्नुका साथै कार्यक्रमको अन्त्यमा उपस्थित सबै राजनीतिक दलहरु, सञ्चारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, मानवअधिकारकर्मीहरु, महिला अधिकारवादीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतलाई आचारसंहिता पालना गर्न प्रतिवद्धता जनाउन अनुरोध गर्नुभयो । तत्पश्चात् सहभागीले सो संहिताको पूर्ण पालना गर्ने, गराउने सामुहिक प्रतिवद्धता व्यक्त गर्नुभयो । 
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort