ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

जिल्ला निर्वाचन कार्यालय, मकवानपुरको नव निर्मित कार्यालय भवनको समुद्घाटन




२०७३ पुस ६

मकवानपुर, हेटौंडा ।
 
माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले एक समारोहका बिच जिल्ला निर्वाचन कार्यालय, मकवानपुरको नव निर्मित कार्यालय भवनको समुद्घाटन गर्नु भयो ।प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, पेशागत संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारी लगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचन सम्बन्धी विविध विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
 
कुल रु. १,२४,५१,८२६।१२ को लागतमा बनेको ३ तले कार्यालय भवनमा जम्मा १३ वटा कोठा रहेका छन् । कार्यालयको जग्गाको क्षेत्रफल करिब ८ कठ्ठा रहेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीले मुख्यतः विभिन्न तहको निर्वाचन व्यवस्थापनको तयारीबारे जिज्ञासा राखेका थिए । सहभागीबाट प्राप्त जिज्ञासा समेतको सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्तले २०७४ साल माघ ७ गते भित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन गर्नुपर्ने रहेको र आयोग यसको तयारीमा जुटिरहेको उल्लेख गर्नु भयो । प्रमुख आयुक्त डा.यादवले निर्वाचनको लागि सबै दलको सहमति आवश्यक हुने बताउनु भयो । दलहरु बीच सहमति भई निर्वाचन कानून उपलव्ध भएमा आयोग जुनसुकै निर्वाचनको लागि तयार रहेको बताउनु भयो । 
 
कार्यक्रममा सह क्षेत्रीय प्रशासक विश्वप्रकाश सुवेदीले निर्वाचन नै लोकतन्त्रको आशारशिला भएकोले आवधिक निर्वाचन सबैको चासोको विषय रहेको र सम्बद्ध सबैजना आयोगलाई हरप्रकारको सहयोग पुर्याउन तयार रहेको बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी दुवाडीले स्वच्छ,स्वतन्त्र निर्वाचन सम्पन्न गर्न आयोगलाई सबैले सहयोग पुर्याउनु पर्ने बताउँदै निर्वाचन सम्पन्न गर्न आफ्नो तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रमको सञ्चालन आयोगका उपसचिव देशबन्धु अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी गोविन्द प्रसाद पौडेलले स्वागत मन्तव्यका साथै भवन निर्माण कार्यको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort