सरोकारवालाहरुका लागि

धूलिखेल र नेपालगञ्जमा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न




२०७३ माघ १६

 निर्वाचन आयोगले २०७३ साल माघ १४ र १५ गते  धूलिखेल र नेपालगञ्जमा सामाजिक अध्ययन विषय शिक्षकका लागि क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्यो । 

धुलिखेलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन आयोगका सचिव श्री गोपीनाथ मैनालीले गर्नुभएको थियो । सो अवसरमा आइएफइएसका अध्यक्ष विलियम स्विनी र आइएफइस, नेपालका  ‘कन्ट्री डिरेक्टर’  इयान स्मिथले मन्तव्य दिनुभएको थियो । 
दुई दिने सो कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूले अब हुने निर्वाचनमा आ–आफ्नो स्थानबाट रचनात्मक योगदान दिन तत्पर रहन आग्रह  गर्नुभयो ।
धूलिखेलमा आयोजित कार्यक्रममा इलाम, भोजपुर, सुनसरी, रामेछाप, रौतहट, चितवन, धादिङ, नुवाकोट र दाङ जिल्लाका २४ जनाको सहभागिता थियो ।  
 
 त्यसैगरी, नेपालगञ्जमा आयोजित क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । सूर्यप्रसाद अर्याल, देवी पाण्डे र चुरामणि पन्थीले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुभएको सो प्रशिक्षण कार्यक्रममा बझाङ, कञ्चनपुर, रुकुम, दाङ, गुल्मी, कपिलवस्तु, बाग्लुङ र लमजुङ जिल्लाबाट २२ जनाको सहभागिता थियो । 
दुवै प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी र राजपत्र अनंकिंत प्रथम र सम्बन्धित जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्तिहरूको सहभागिता थियो । तालिमका सहभागीहरूले आ–आफ्ना जिल्लामा माध्यमिक विद्यालयका सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् ।
ECN Map Center    FAQs    Press Room