ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

स्थानीय तहको निर्वाचन र मिडियाबारे पत्रकारहरूलाई प्रशिक्षण




२०७३ फाल्गुन २६

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी २०७३ साल फागुन २४ र २५ गते पत्रकारहरूका लागि ‘निर्वाचन र सञ्चार’विषयक प्रशिक्षण कार्यक्रम आयोजना गर्यो  ।

सो अवसरमा स्थानीय तह र स्थानीय निर्वाचन, स्थानीय तह निर्वाचन प्रणाली तथा स्थानीय निर्वाचन कार्यक्रम, मतदान र मतगणना, निर्वाचन कसुर तथा सजाय, निर्वाचन आचार संहिता, निर्वाचनसम्बन्धी सूचना सम्प्रेषणका लागि आयोगले गरेको व्यवस्था, मिडिया अनुगमन, निर्वाचनमा सञ्चार माध्यमको भूमिका, निर्वाचनमा लैङ्गिकता मैत्री सञ्चार, निर्वाचनसम्बन्धी समाचार संकलन तथा सम्पादनका लागि व्यावहारिक टिप्स लगायतका विषयमा छलफल भयो ।

प्रशिक्षण कार्यक्रममा माननीय निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्याल, आयोगका सचिव गोपीनाथ मैनाली, सहसचिवत्रय सूर्यप्रसाद शर्मा, सुशील कोइराला तथा नवराज ढकाल एवम् उपसचिव सूर्यप्रसाद अर्याले स्रोत व्यक्तिको रूपमा सहजीकरण गर्नुभयो ।

सो अवसरमा प्राध्यापक पी.खरेल तथावरिष्ठ पत्रकार तीर्थ कोइरालाले मिडियासम्बन्धी प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभयो। माननीय निर्वाचन आयुक्त इला शर्माले मिडिया सम्बन्धी सत्रको अध्यक्षता गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन गरी चार महिला सहित २६ जना पत्रकारहरू सहभागी हुनुहुन्थ्यो ।

ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort