ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन दिवस, २०७३ भव्यताका साथ सम्पन्न




२०७३ फाल्गुन ७

निर्वाचन आयोगले प्रथम निर्वाचन दिवस फागुन ५, ६ र ७ गते विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। यसै क्रममा २०७३ फागुन ३ गते रक्तदान, फागुन ५ गते सरसफाई र वृक्षारोपण एवं कृति वाचन कार्यक्रमहरू सम्पन्न गरिएको छ ।  त्यसै गरी २०७३ फागुन ६ गते बिहान प्रभातफेरीको आयोजना गरियो। प्रभातफेरीमा आयोग पदाधिकारीहरू आयोग र उपत्यकाभित्रका क्षे.नि.का.÷जि.नि.का.मा कार्यरत कर्मचारी, सञ्चारकर्मी, निर्वाचसनसँग सम्बन्धित गैरसरकारी संघसंस्था र साझेदार संस्था (UNDP/ESP र IFES, NEPAL) का प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रभातफेरी कान्तिपथ– नारायणहिटी दरबार संग्रहालय–दरवारमार्ग–महेन्द्र सालिक–रत्नपार्क–शहीदगेट–रानीपोखरी–कान्तिपथ हुँदै आयोग परिसरमा आएर सम्पन्न भएका थियो । प्रभातफेरी पछिको कार्यक्रमलाई संक्षिप्त रूपमा सम्बोधन गर्दै माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रथम निर्वाचन दिवसको अवसरमा आयोजना गरिएको यस महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन भएकोमा सबै जनालाई धन्यवाद दिनु भयो ।साथै निर्वाचन दिवसकै अवसरमा निर्वाचन आयोग स्थापना भएको स्वर्ण महोत्सव पारेर आयोगले प्रकाशनमा ल्याएको निर्वाचन आयोगको लोगो अंकित संस्मरणात्मक हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रम साही दिन सम्पन्न गरियो । माननीय सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता माननीय प्रमुख 
निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गर्नुभएको थियो । उक्त कार्यक्रममा आयोग पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीका साथै हुलाक सेवा विभागबाट विभागका महानिर्देशक सहितको प्राविधिक टोलीको समेत उपस्थिति रहेको थियो ।  
 
त्यसैगरी फागुन ६ गते नै लोकतन्त्र र निर्वाचन विषयमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । पूर्व प्रमुख÷निर्वाचन आयुक्त, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, सञ्चार माध्यम लगायत निर्वाचनका अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा दुईवटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । अन्तरक्रिया कार्यक्रममा निर्वाचन र लोकतन्त्र विषयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष श्री काशीराज दाहाल र निर्वाचनमा सरोकारवालाको भूमिका विषयमा आयोगका सचिव श्री गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।यसका अलावा Election Commission of India बाट आउनुभएका Chief Electoral Office of Kerala का Mr. E.K. Majhi ले Election Commission of India को तर्फबाट संक्षिप्त प्रस्तुतीकरण गर्नुभएकव थियो ।  
 
निर्वाचन दिवसको अन्तिम दिन फागुन ७ गते आयोग परिसरमा निर्वाचन दिवस मूल समारोहको आयोजना गरियो । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सम्माननीय राष्ट्रपतिबाट निर्वाचन इतिहाँस पुस्तकको लोकार्पण गरिएको थियो भने सम्माननीय राष्ट्रपतिबाट नै आयोगका १६ जना पूर्व पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र बाट सम्मानित गरिएको थियो । सोही अवसरमा आयोय वा अन्तर्गत रही निरन्तर रुपमा २० वर्ष र सो भन्दा माथि सेवा गर्नुहुने विभिन्न श्रेणीका  १७ जना कर्मचारीलाई सम्माननीय प्रधानमन्त्रीबाट दोसल्ला, प्रशंसापत्र र नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।  कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू, नेपाल सरकारका उपप्रधानमन्त्री, व्यवस्थापिका संसदका सभासद्हरू, संवैधानिक निकाय/विभिन्न आयोगका प्रमुख तथा पदाधिकारीहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरू, पूर्व प्रमुख/निर्वाचन आयुक्तहरु, नेपाल सरकारका मुख्य सचिव तथा अन्य विशिष्ट श्रेणीका अधकिृतहरू, सुरक्षा निकायका प्रमुखहरू, निर्वाचन आयोगका पूर्व सचिवहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरू, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरु विश्वविद्यालय/प्रतिष्ठानका कुलपति/उपकुलपतिहरु, सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधीहरू, निर्वाचन पर्यवेक्षण संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधीहरू र अन्य प्रतिष्ठित महानुभावहरु समेत उपस्थिति रहेको थियो ।  
 
कार्यक्रमको अध्यक्षता माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गर्नुभएको थियो भने स्वागत मन्तव्य माननीय निर्वाचन आयुक्त इला शर्माले राख्नुभएको थियो । कार्यक्रमलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा आयोगका सचिव श्री गोपीनाथ मैनालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort