ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

माननीय निर्वाचन आयुक्त शर्मा सम्मानित




२०७३ मंसिर २१

माननीय निर्वाचन आयुक्त शर्मा ‘इन्टरनेस्नल इलोक्टरल अवार्ड’ बाट सम्मानित हुनुभएको छ । उहाँले निर्वाचन प्रक्रियामा महिला र पुरुषको समान सहभागिता र समावेशिता सुनिश्चित गर्ने दिशामा दिनुभएको योगदान स्वरूप यसप्रकारको सम्मान दिइएको हो ।  
 
मोजाम्बिकको राजधानी मपुतोमा २०७३ साल मंसिर २१ गते आयोजित एक समारोहमा उहाँलाई ‘लैङ्गिक समानता’ श्रेणीमा उक्त सम्मान प्रदान गरिएको हो । यस श्रेणीमा ‘नेस्नल डेमोक्र्याटिक इस्टिच्युट (नाइजेरिया) र ‘पेरुभियन न्यास्नल इलेक्टलर कमिटि’ क्रमशः द्वितीय र तृतीय भएका थिए ।  
 
‘इन्टरन्यास्नल सेन्टर फर पार्लियामेन्टरी स्टडिज’ (आइसीपीएस) ले हरेक वर्ष ‘अन्तर्राष्ट्रिय संस्थागत सहभागिता’, ‘पहुँचयोग्यता’, ‘निर्वाचनसम्बन्धी विवाद समाधान’, ‘लैङ्गिक समानता’, ‘अल्पसंख्यकको सहभागिता’, ‘निर्वाचन व्यवस्थापन’, ‘नागरिक सहभागिता’, ‘पहिलो पटक मतदान गर्ने मतदाता’, ‘इलेक्टरल इर्गमी’, ‘इलेक्सन कमिस्नर अफ द इयर’, ‘इलेक्सन कमिसन अफ द इयर’ र ‘आइसीपीएस अवार्ड’ गरी १२ वटा श्रेणीमा सम्मान प्रदान गर्ने गर्दछ ।  आइसीपीएसद्वारा आयोजित उक्त कार्यक्रममा मोजाम्बिकको निर्वाचन आयोगले आतिथ्य प्रदान गरेको थियो । 
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard