ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न




२०७३ पुस १

निर्वाचन आयोगले २०७३ साल पुस १ गते  सत्ताईसौं श्रृङ्खलाको रूपमा सामाजिक अध्ययन विषयक शिक्षकका लागि निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम आयोजना गर्‌यो ।
 
उक्त प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवज्यूले निर्वाचन शिक्षाको विस्तारमा समाजको महत्वपूर्ण अंग मानिने शिक्षक वर्गको महत्वपूर्ण भूमिका हुने विचार राख्नुभयो । 
 
उहाँले राष्ट्रले शिक्षक वर्गको भूमिका खोजेको चर्चा गर्नुहुँदै समाजमा विवेकशील मतदाता तथा असल नागरिक तयार गर्न उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएकोे धारणा राख्नुभयो  ।  
 
प्रशिक्षण कार्यक्रममा ४ वटा सामुदायिक र १९ वटा निजी विद्यालय गरी जम्मा  २३ विद्यालयका ६ जना महिलासहित २५ जना सामाजिक अध्ययन विषयक शिक्षकहरूको सहभागिता रहेको थियो । 
 
कार्यक्रम आयोगका माननीय निर्वाचन आयुक्त श्री इला शर्माज्यू, सचिव श्री गोपीनाथ मैनालीज्यू,  सहसचिवज्यूहरू तथा युएनडीपी÷इएसपीका माउरिजियो काकुचीको उपस्थितिमा सम्पन्न भयो । 
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard