ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन शिक्षासम्बन्धी अठ्ठाईसौं श्रृङ्खला सम्पन्न




२०७३ पुस ६

निर्वाचन आयोगले २०७३ साल पुस ६ गते सामाजिक अध्ययन विषयक शिक्षकका लागि निर्वाचन  शिक्षा प्रशिक्षण कार्यक्रमको अठ्ठाईसौं  श्रृङ्खला सम्पन्न गर्‍यो ।उक्त प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नु हुँदै आयोगका सचिव श्री गोपीनाथ मैनालीज्यूले शिक्षक वर्ग असल नागरिक बनाउने कार्यको प्रवेश विन्दुमा रहेर काम गर्ने वर्ग भएकोले आयोगले आफ्ना सन्देशहरू उहाँहरूमार्फत् समाजमा पु¥्याउने उद्देश्यले यसप्रकारको तालिम आयोजना गरिएको बताउनुभयो ।  
 
प्रशिक्षण कार्यक्रममा ५ वटा सामुदायिक र १६ वटा निजी विद्यालय गरी  २१ विद्यालयका ५ महिलासहित २४ जना सामाजिक अध्ययन विषयक शिक्षकहरूको सहभागिता थियो । आयोगका सहसचिवज्यूहरू, उपसचिवज्यूहरू तथा युएनडिपी÷इएसपीका माउरिजियो काकुचीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।  
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard