ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न




२०७३ माघ ११

निर्वाचन आयोगले २०७३ साल माघ ११ गते सामाजिक अध्ययन विषयक शिक्षकका लागि निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रमको २९ औं श्रृङ्खला सम्पन्न गर्‍यो ।


प्रशिक्षण कार्यक्रमको शुभारम्भ माननीय निर्वाचन आयुक्त इला शर्माज्यूले गर्नुभयो । उहाँले शिक्षकवर्गले समाजमा लोकतान्त्रिक संस्कार विस्तारमा महवत्पूर्ण भूमिका खेल्ने वास्तविकतालाई दृष्टिगत गर्दै आयोगले शिक्षक मार्फत निर्वाचन शिक्षा अघि बढाइरहेको बताउनुभयो ।


प्रशिक्षण कार्यक्रममा ४ वटा सामुदायिक र १६ वटा निजी विद्यालय गरी जम्मा २०विद्यालयका ८ महिला र २५ जना सामाजिक अध्ययन विषयक शिक्षकहरूको सहभागिता थियो । कार्यक्रममा आयोगका उच्चपदस्थ कर्मचारी तथा युएनडीपी, निर्वाचन सहयोग परियोजनाका माउरिजियो काकुचीको उपस्थिति थियो ।
 

ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard