ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

माननीय प्रमुख निर्वाचन आयुक्त डा. यादव मतदाता शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी




२०७३ कार्तिक ६

माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता/निर्वाचन शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको छ । २०७३ साल कत्तिक १९ देखि २१ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजित  International Conference on  Voter Education for Inclusive, Informed and Ethical Participation शीर्षकको सम्मेलनको मूल अभिप्राय निर्वाचन शिक्षालाई उद्देश्यमूलक र प्रभावकारी बनाउनु रहेको थियो ।  
 
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले ‘ इन्क्लुसिभ इलेक्टोरल इजुकेशन थ्रु इम्फर्मल इजुकेशन’ शीर्षकमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले ‘निर्वाचन शिक्षा तथा सूचना केन्द्र’ को स्थापना गरेपछि यसले मतदाता/निर्वाचन शिक्षाको विस्तार र विकासमा ल्याएको सकारात्मक परिवर्तनबारे चर्चा गर्नुभयो ।  
 
सम्मेलनमा नेपाल, भारत, पाकिस्तानलगायतका २५ देशका निर्वाचन व्यवस्थापन निकायको सहभागिता थियो ।  
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard