सरोकारवालाहरुका लागि

निर्वाचन आयुक्तहरूद्वारा पदवहाली




२०७३ फाल्गुन ५

निर्वाचन आयोगमा लामो समयदेखि रिक्त तीन निर्वाचन आयुक्तहरूमा माननीय नरेन्द्र दाहाल, माननीय इश्वरी प्रसाद पौड्याल र माननीय सुधीर कुमार शाहको नियुक्त हुनुभएको छ।  मिति २०७३ फागुन ०५ गते सम्माननीय राष्ट्रपतिबाट नियुक्त हुनु भएका नवनियुक्त निर्वाचन आयुक्तहरूलाई  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, सम्माननीय सभामुख ओनसरी घर्ती, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक, नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी प्रधान सेनापति तथा अन्य सुरक्षा निकायका प्रमुखहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

शपथ ग्रहणपछि नवनियुक्त निर्वाचन आयुक्तहरूले निर्वाचन आयोग पुगेर पद वहाली गरी जिम्मेवारी सम्हाल्नु भएको छ । पदवहालीको क्रममा निर्वाचन आयोग परिसरमा आयोगका सचिव श्री गोपीनाथ मैनाली लगायत आयोगमा कार्यरत कर्मचारीहरूले उहाँहरूको स्वागत गर्नु भएको थियो ।

ECN Map Center    FAQs    Press Room