सरोकारवालाहरुका लागि

आयोगद्वरा आयोगको आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेश




२०७३ पुस १३

निर्वाचन आयोगले आयोगबाट आर्थिक वर्ष २०७२/०७३ मा सम्पादित कामहरुको विवरण समेटिएको आयोगको आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन मिति २०७३/९/१३ मा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (१) मा भएको संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको हो। राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आ.व. २०७२।०७३ मा आयोगबाट सम्पादित कामहरुको बारेमा राष्ट्रपतिलाई जानकारी गराउँदै आयोग अहिले निर्वाचनसम्बन्धी कानूनको मसौदा गर्ने, मुलुकभर मतदाता दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचन शिक्षा प्रदान गर्ने लगायतका काममा लागिपरेको र आवश्यक कानूनी तथा अन्य पूर्वाधार तयार भएमा आयोग जुनसुकै निर्वाचन गराउन सक्षम र प्रतिवद्ध रहेको व्यहोरा अवगत गराउनुभयो । 
 
आयोगले पेश गरेको वार्षिक प्रतिवेदन ग्रहण गर्दै सम्माननीय राष्ट्रपतिले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण  आधार भएकोले संविधानले तोकेबमोजिमको निर्वाचन सम्पन्न गर्न सम्बद्ध सरोकारवालासँग समन्वायत्मक रुपमा काम गर्न तथा आफ्नो कार्यक्षत्रभित्रका निर्वाचनको लागि आवश्यक कानूनी तथा अन्य पूर्वाधार तयार गरी आगामी निर्वाचन स्वच्छ, तथा स्वतन्त्र रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्न समेत सुझाव दिनुभयो । सो अवसरमा आयोगका माननीय निर्वाचन आयुक्त इला शर्मा, सचिव श्री गोपीनाथ मैनाली लगायत उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 
ECN Map Center    FAQs    Press Room