ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

Press Release




२०६७ मंसिर २०

प्रेस विज्ञप्ति निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं। मिति २०६७/८/१९ गते आज मिति २०६७/८/१९ गते व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिका सभापति एवं सदस्यज्यूहरुले निर्वाचन आयोगको स्थलगत अवलोकन भ्रमण गरी आयोगको महत्वपूर्ण कार्य तथा गतिविधिबारे जानकारी लिनु भयो। उक्त अवसरमा आयोगको समग्र गतिविधिको साथै निर्वाचन आयोगले हाल संचालन गरिरहेको फोटो सहितको मतदाता नामावली कार्यक्रमको सम्बन्धमा आयोगको तयारी एवं यसमा देखा परेका विविध समस्याहरुको बारेमा पनि अन्तरक्रियात्मक छलफल भएको थियो। राज्य व्यवस्था समितिका सभापति माननीय रामनाथ ढकालज्यूले निर्वाचन आयोगको वर्तमान कार्यक्रमप्रति सन्तोष व्यक्त गर्दै आयोगले संचालन गरेका कार्यक्रमहरुप्रति समितिको तर्फबाट सदा सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाले राज्य व्यवस्था समिति निर्वाचन आयोगसंग सहकार्य र सहयोगको लागि सदा इच्छुक रहेको जानकारी गराउदै आयोगको पारदर्शिता, तटस्थता र सर्वस्वीकार्यता प्रति समितिको चासो रहेको कुरा समेत प्रष्ट पार्नु भयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री नीलकण्ठ उप्रेतीले छलफलको क्रममा समितिका सदस्यहरुबाट उठाइएका विभिन्न चासो तथा जिज्ञासाहरुको जवाफ दिनु हुदै आयोगले हाल संचालन गरेका कार्यक्रमहरुप्रति राज्य व्यवस्था समितिको तर्फबाट सदा सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको कुरा व्यक्त गर्नु भयो र साथै समितिको यस प्रकारको अवलोकनबाट निर्वाचन आयोगले थप हौसला प्राप्त गरेको कुरा स्पष्ट पार्दै आगामी दिनमा पनि यस प्रकारका छलफल तथा अन्तरक्रिया कार्यक्रमले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको कुरा व्यक्त गर्नुभयो। कार्यक्रमको शुरुवातमा आयोगका माननीय आयुक्त डा.अयोधीप्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा आयोगका अर्का माननीय आयुक्त दोलख वहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो। (राजेन्द्र प्रसाद शर्मा) सहसचिव एवं प्रवक्ता
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard