ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

संयुक्त अधिराज्य वेलायतका राजदूतसँगको भेट सम्बन्धी




२०६९ अषाढ २६

मिति २०६९।०३।२६ संयुक्त अधिराज्य वेलायतका राजदूतसँगको भेट सम्बन्धी प्रेस विज्ञप्ति नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत जोन टक्नटले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई आज उहांकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उप्रेतीले अर्को संविधानसभाको निर्वाचन आगामी मंसीर ७ गते हुने भनी नेपाल सरकारबाट निर्णय भइसकेको सन्दर्भमा उक्त निर्वाचनलाई अभैm बढी स्वतन्त्र विश्वसनीय र प्रविधिमा आधारित तुल्याउने दिशामा निर्वाचन आयोगबाट भइरहेका प्रयासहरुको बारेमा उल्लेख गर्नुभएको थियो । इतिहासकै जटिलतम समयमा हुन लागेको संविधानसभाको निर्वाचनलाई सफल तुल्याउनको लागि ब्रिटिश सरकारको सहयोग र समर्थन सर्वथा अपेक्षित रहेको कुरामा पनि उहांले जोड दिनुभएको थियो । साथै बेलायती सरकारले नेपालको निर्वाचन आयोगलाई सन् २००८ देखि पु¥याउंदै आएको सहयोगको सह्राहना समेत गर्नुभउको थियो । उक्त अवसरमा राजदूत टक्नटले निर्वाचन आयोगको संस्थागत विकासको साथै आगामी निर्वाचनहरुको सफलतापूर्वक सञ्चालनको लागि ब्रिटीश सरकार र युरोपीयन संघको तर्पmबाट के कस्तो सहयोगको आवश्यकता पर्दछ भन्ने विषयमा जिज्ञासा प्रकट गर्नुभएको थियो । भेटका अवसरमा बेलायती सहयोग निकाय डी.एफ. आई. डी. की नेपायलस्थित नियोग प्रमुखले संक्रमणकालीन समयमा दाता राष्ट्रहरुबाट यथेष्ट सहयोग प्राप्त हुने भए पनि कालान्तरमा त्यस्तो सहयोगको परिमाण घट्दै जाने हुंदा राष्ट्रिय निकायहरु नै पर्याप्त मात्रामा सक्षम र सुदृढ हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । साथै उहांले निर्वाचन आयोगलाई आवश्यक पर्ने सहयोगको परिमाण यकीन गरी अर्थ मन्त्रालयमार्पmत दाता राष्ट्र र निकायहरुसंगको छलफनमा प्रस्तुत गर्न आग्रह गर्नुभयो । प्रत्युत्तरमा कार्यवाहक प्रमुख आयुक्त उप्रेतीले नेपालको लोकतन्त्रको विकास र निर्वाचन आयोगको संस्थागत सुदृढीकरण र विकासमा बेलायती सरकार र डी.एफ.आई.डी. ले देखाएको निरन्तर चासो र सहयोगको लागि धन्यवाद व्यक्त गर्दै छलफल भए अनुसार आयोगलाई आवश्यक पर्ने सहयोगको बारेमा यकीन विवरण तयार गरी दातृ निकायहरुसमक्ष प्रस्तुत गरिने कुरा उल्लेख गर्नुभयो । सो अवसरमा निर्वाचन आयोगका सचिव शङ्कर प्रसाद कोइराला समेतको उपस्थिति थियो । शारदाप्रसाद त्रिताल सहसचिव एवं प्रवक्ता
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard