ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

सङ्क्षिप्त परिचय


निर्वाचन आयोग एक संवैधानिक अङ्ग हो । “नेपालको संविधान” को भाग २४ को धारा २४५ देखि २४७ सम्म निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बालिग मताधिकार, आवधिक निर्वाचनलाई लोकतन्त्रका आधारभूत मार्गदर्शनको रुपमा संविधानमा आत्मसात गरिएको छ । संघीय, प्रादेशिक र स्थानीय निकाय निर्वाचन जस्ता विभिन्न तहको निर्वाचन तोकिएको निर्वाचन प्रणालीबमोजिम सम्पन्न गर्ने जिम्मेवारी आयोगलाई तोकिएको छ । संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणका साथै राष्ट्रिय महत्वको विषयमा संविधान र संघीय कानून बमोजिम हुने जनमत संग्रह तोकिएबमोजिम सम्पन्न गराउने र निर्वाचन प्रयोजनको लागि मतदाता नामावली तयार गर्ने समेत भूमिका आयोगलाई उपलब्ध भएको छ । यसरी संवैधानिक परिधिभित्र रही स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउने स्वायत्त संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोगको व्यवस्था रहेकोछ । 
 
मार्गदर्शक सिद्धान्तहरू (Guiding Principles)
  • स्वायत्तता
  • निष्पक्षता
  • समावेशिता
  • पारदर्शिता 
  • सेवा उन्मुखता
  • व्यावसायिक दक्षता
  • जिम्मेवारी र जवाफदेहिता
  • सहभागितामूलक पद्धति
  • विश्वसनीयता 
  • लागत प्रभावकारिता
  • पूर्व क्रियाशीलता र नवप्रवर्तन 
 
उद्देश्यहरू (objectives)
  • रणनीतिक योजनाका आधारमा दीर्घकालीनरुपमा अपेक्षित गन्तव्यमा पुग्नका लागि आयोगले आफ्ना उद्धेश्यलाई देहायका क्षेत्रमा समेटेको छ ः 
  • निर्वाचन प्रणाली तथा प्रक्रियामा समयानुकुल सुधार गरी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण प्रवर्धन गर्ने,
  • मतदाता नामावलीमा पूर्णशुद्धता कायम गर्ने र मतदाताको पहिचानको व्यवस्था गर्ने,
  • मतदाताको सचेतना अभिवृद्धि गर्ने,
  • दक्षता र प्रभावकारिताका लागि समग्र निर्वाचन व्यवस्थापनमा सुधार गर्ने,
  • दक्ष र प्रभावकारी जनशक्ति तयार गर्न मानव संसाधन विकास गर्ने,
  • आधुनिक सूचना प्रविधिको उपयोगबाट निर्वाचन व्यवस्थापन गर्ने,
  • मतदानकेन्द्रको भौतिक पूर्वाधार विकास गर्ने,
  • निर्वाचन व्यवस्थापनलाई व्यापक र सहभागीमूलक बनाउन सरोकारवालासँगको सहकार्य वृद्धि गर्ने,
  • निर्वाचन प्रणाली र प्रक्रियामा सुधार गर्न अनुसन्धान र विकासमा जोड दिने,
  • प्रभावकारी अनुगमन तथा मूल्याड्ढन प्रणालीको विकास गर्ने ।
 
रणनीतिक लक्ष्यहरू 
रणनीतिक योजना अनुसार पाँचवटा रणनीतिक स्तम्भहरू भित्र रहेर १७ वटा रणनीतिक लक्ष्यहरू पहिचान गरिएका छन् । यसका आधारमा ९१ वटा क्रियाकलापहरू तय गरी कार्यान्वयनमा  रहेका छन् । रणनीतिक स्तम्भ र लक्ष्यहरु देहायबमोजिम रहेका छन् ।
स्तम्भ १:  संस्थागत विकास
लक्ष्य १: आयोगको संस्थागत क्षमता सुदृढ गर्ने,
लक्ष्य २: योजना प्रक्रियालाई सुदृढ तुल्याउने,
लक्ष्य ३: नयाँ संविधानसँग अनुकूल हुने गरी निर्वाचनसम्बन्धी कानूनमा सुधार गर्ने ।
स्तम्भ २: सङ्गठन र क्षमता विकास
लक्ष्य ४: जिल्ला निर्वाचन कार्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने,
लक्ष्य ५: आयोगको मानव संसाधनको क्षमता अभिवृद्धि गर्ने,
लक्ष्य ६: सञ्चार माध्यमसँगको संलग्नता सुदृढ तुल्याउने ।
स्तम्भ ३: दर्ता र निर्वाचन प्रविधि
लक्ष्य ७: योग्य मतदाताहरूको दर्ता सुनिश्चित गर्ने,
लक्ष्य ८: राजनीतिक दलको दर्तालाई कुशलतापूर्वक नियमन र व्यवस्थित गर्ने, 
लक्ष्य ९: सूचना प्रविधिको प्रयोग गरी निर्वाचन व्यवस्थापनमा सुधार गर्ने ।
स्तम्भ ४: निर्वाचन शिक्षा र सङ्गठनात्मक पहुँच
लक्ष्य १०: मतदाता शिक्षा सुधार गर्ने,
लक्ष्य ११: निर्वाचन शिक्षा तथा सूचना केन्द्रको स्तरोन्नति गर्ने,
लक्ष्य १२: निर्वाचनसम्बन्धी अनुसन्धान गर्ने संस्था स्थापना गर्ने,
लक्ष्य १३: सबै तहको निर्वाचन व्यवस्थापनमा लैङ्गिक एवं समावेशिता (न्भलमभच बलम क्ष्लअगिकष्यल) सुनिश्चित गर्ने,
लक्ष्य १४: निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूसँगको समन्वय र साझेदारी सुदृढ गर्ने ।  
स्तम्भ ५: सामग्री व्यवस्थापन र निर्वाचन सञ्चालन
लक्ष्य १५: मतदाता र निर्वाचन अधिकारीमैत्री निर्वाचन सञ्चालन गर्ने,
लक्ष्य १६: सामग्री व्यवस्थापन कुशलतापूर्वक गर्ने,
लक्ष्य १७: निर्वाचन जोखिम व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने । 
प्रमुख कार्यहरु
  • विद्यमान संवैधानिक र कानूनी व्यवस्थाको अधिनमा रही आयोगले देहायबमोजिमका कार्यहरू सम्पादन गर्दछ :
  • मतदाता नामावली सङ्कलन, अद्यावधिक तथा अभिलेखीकरण गर्ने, 
  • मतदाता नामावली सङ्कलन, प्रशोधन, मतदान, मतगणना र निर्वाचन परिणाम घोषणासम्बन्धी कार्यलाई सहज बनाउन उपयुक्त प्रविधिको उपयोग गर्ने,
  • राजनीतिक दल दर्ता तथा विवरण अद्यावधिक, विवाद समाधान लगायत राजनीतिकदल व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
  • सरकारले घोषणा गरेका निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्ने,
  • मतदान केन्द्रहरूको निर्धारण  र मतदाता दर्ता केन्द्र व्यवस्थापन गर्ने,
  • निर्वाचन÷मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने,
  • निर्वाचनसम्बन्धी विषयमा सूचना संप्रेषण गर्ने,
  • निर्वाचित उम्मेदवारहरूलाई आधिकारिकता प्रदान गर्ने,
  • निर्वाचन सामग्रीको आवश्यकता अनुमान, प्राप्ति, भण्डारण, प्रयोग र पुनःप्रयोगको व्यवस्था मिलाउने,
  • जनशक्ति विकास एवं सुदृढीकरणका लागि स्वदेशी एवं वैदेशिक तालीम व्यवस्था मिलाउने,
  • निर्वाचन तथा मतदाता नामावली सम्बन्धमा राजनीति दल लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने,
  • निर्वाचनको स्वतन्त्रता, वैधानिकता र पारदर्शिता एवं जिम्मेवारी अभिवृद्धिको लागि निर्वाचन पर्यवेक्षण गराउने साथै पर्यवेक्षणलाई निर्वाचनको विधि र प्रक्रियामा सुधार गर्ने औजारको रूपमा विकास गर्ने,
  • निर्वाचनको विधि, प्रक्रिया र प्रणालीमा समसामयिक सुधार गर्नको लागि आवश्यक अध्ययन अनुसन्धान गर्ने,
  • निर्वाचन व्यवस्थापन गर्ने  अन्य क्षेत्रीय तथा अन्तरराष्ट्रिय निकाय/संस्थासँग समन्वय, सहयोग र अनुभव आदानप्रदान गर्ने ।
प्रमुख कार्यक्रमहरू
आयोग र अन्तर्गतका कार्यालयबाट सञ्चालन हुने प्रमुख कार्यक्रमहरु देहायबमोजिम रहेका छन्ः
(१) स्थानीय स्तरमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रमः
(क)  निरन्तर मतदाता दर्ताः २०६७ असार देखि हालसम्म सबै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयमा समेत सञ्चालन भइरहेको छ । यी विभिन्न प्रयासहरूबाट हालसम्म करिब १ करोड ३३ लाख मतदाताले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गरिसकेका छन् ।
(ख)  घुम्ती दर्ता, लक्षित समुदायमा आधारित दर्ता एवं विशेष कार्यक्रमः  निरन्तर दर्ताका अलावा आयोगले घुम्ती दर्ता, लक्षित समुदायमा आधारित दर्ता एवं विशेष कार्यक्रममार्फत् पनि मतदाता नामावली संकलन तथा अद्यावधिकको कार्य गर्दै आएको छ । 
(२) तथ्याङ्क प्रमाणीकरण रुजु, भण्डारण तथा अपलोडः  फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका करिब १ करोड ३३ लाख मतदाता र निरन्तर दर्ता कार्यक्रम अन्तर्गत दैनिक रूपमा यो सङ्ख्या बढिरहेको अवस्थामा ती मतदाताको विवरण रुजु तथा अद्यावधिक गरी विवरण केन्द्रीय सर्भरमा अपलोड गरिन्छ । यो एक नियमित कार्य हो । 
(३) सर्भर रुम, सफ्टवेयर सुरक्षण र ब्याकअप व्यवस्थित गर्ने कार्यक्रमः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न मतदाता दर्ता तथा अद्यावधिकसम्बन्धी सफ्टवेर निर्माण गरी प्रयोग गरिरहेको परिप्रेक्ष्यमा सङ्कलित तथ्याङ्कलाई सुरक्षित राख्न एवं व्यवस्थित रूपमा सञ्चालन गर्न सर्भररुमको सुरक्षण तथा तथ्याङ्कको व्याकअपको समेत व्यवस्था गरी तथ्याङ्क अद्यावधिक, भण्डारण एवं सुरक्षित राख्ने कार्य नियमित रूपमा हुँदै आएकोछ । 
(४) भू–सूचना प्रणाली (Geographical Information System, GIS/Polling Center Master List, PCML) सम्बन्धी कार्यक्रमः आयोगले निर्वाचन व्यवस्थापन पूर्वानुमानयोग्य तुल्याउन निर्वाचन व्यवस्थापन कार्यमा आउन सक्ने संभावित जोखिम एवं हिंसालाई न्यूनीकरण गर्न तथा स्थानीय स्तरमा तत्काल सहयोग उपलब्ध गराउने प्रयोजनको लागि पहँुच स्थापित गर्न भू–सूचना प्रणालीलाई मतदान केन्द्रसम्म विस्तारको कार्य गरिरहेको छ ।  यस अन्तर्गत सबै मतदान स्थलहरूको PCML तथ्याङ्क सङ्कलन, विश्लेषण र सार्वजनिकीकरणको कार्य सम्पन्न भएको छ । मतदानस्थलको परिवर्तनसँगै यस्ता GIS?PCML तथ्याङ्क नियमित रूपमा अद्यावधिक गर्नुपर्ने  भएबमोजिम सोसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेकोछ । 
(५) निर्वाचन शिक्षा तथा सूचना केन्द्र(Election Education and Information Centre, EEIC)  : निर्वाचन शिक्षा तथा सूचना केन्द्रबाट निर्वाचन तथा मतदाता शिक्षा, तालिम, अनुसन्धान, आमपहुँच  जस्ता विभिन्न कार्य गर्दै आएको छ । केन्द्रमा स्थापित निर्वाचन शिक्षा तथा सूचना केन्द्रलाई स्थानीयस्तरसम्म विस्तार मार्फत् निर्वाचनसम्बन्धी विषयलाई आम नागरिक समक्ष सम्पे्रषण गर्ने क्रममा हाल क्षेत्रीय निर्वाचन कार्यालय कास्की र कैलालीमा क्षेत्रीय निर्वाचन शिक्षा तथा सूचना केन्द्र सञ्चालनमा रहेकोछ भने क्षेत्रीय निर्वाचन कार्यालय, मोरङ्गमा निर्माणको प्रक्रिया अगाडि बढीरहेको छ ।
(६) निर्वाचन सञ्चालन तथा व्यवस्थापन कार्यक्रमः नेपालको संविधान बमोजिम राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने र राष्ट्रिय महत्वको विषयमा जनमत संग्रह गराउनेसम्मको दायित्व आयोगलाई रहेकोछ । सोही बमोजिम आयोगले निर्वाचनसम्बन्धी विविध कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । 
(७) लैंगिक तथा सामाजिक समावेशीकरण (Gender And Social Inclusion):निर्वाचन सञ्चालन तथा व्यवस्थापनको सबै प्रक्रियामा लैंगिक तथा समावेशी सहभागिता बढाउन लैङ्गिक तथा समावेशीकरण नीति तर्जुमा गरी कार्यान्वयन गर्ने प्रयोजनको लागि आयोगको लैंगिक तथा समावेशीकरण रणनीति र सोको आधारमा कार्ययोजना समेत तयार गरी कार्यान्वयनको क्रममा रहेको छ ।  
(८) सूचना तथा सञ्चार सम्बन्ध (Information and Media Relations): निर्वाचनको समयमा आयोगबाट सम्पादन गरिने कार्यहरूको सूचना तथा जानकारी सबैलाई उपलब्ध गराउने उद्देश्यले Joint Election Operation Centre (JEOC), Media Centre तथा Call Centre जस्ता छुट्टै इकाईहरूको स्थापना गरी छिटो र सही जानकारी सर्वसाधारण तथा सञ्चार माध्यमहरूलाई उपलब्ध गराउने कार्य निरन्तर रुपमा चलिरहेको छ । 
(९) अध्ययन अनुसन्धान र विकास (Study, Research and Development): निर्वाचन सञ्चालन तथा व्यवस्थापन, आचारसंहिता कार्यान्वयन, निर्वाचन प्रणाली, निर्वाचन विवाद निरुपण र निर्वाचन जोखिम विश्लेषण जस्ता विषयमा थप अध्ययन, अनुसन्धान गर्ने सिलसिलामा अध्ययन अनुसन्धानलाई प्राथमिकता दिइएको छ । यसबाट आगामी दिनमा निर्वाचन व्यवस्थापनमा भएका अन्तर्राष्ट्रिय असल अभ्यास  (Best Practices) लाई परिवेश अनुकूल हुनेगरी प्रयोगमा ल्याउन सकिन्छ र त्यसबाट निर्वाचनको स्वच्छता र विश्वसनीयतामा थप अभिवृद्धि गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गरिएकोछ । 
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard