ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन आयोगको अनुरोध


१. निर्वाचन लोकतन्त्रको मुख्य आधार हो । मतदानद्वारा आफूलाई मन परेको प्रतिनिधि चुन्न पाउने अधिकार नागरिकको मौलिक अघिकार हो । यसर्थ मतदानमा सहभागी बनौं । 
२. स्थानीय तहको निर्वाचनमा मतदान गरौं । आफ्नो मताधिकारको प्रयोग गरौं । 
३. मिति २०७४ वैशाख ३१ गते आइतवारका दिन विहान ७.०० बजेदेखि सांझ ५.०० बजेसम्म सञ्चालन हुने स्थानीय तहको निर्वाचनमा सहभागी भई मतदान गरौं । 
४. स्थानीय तहको निर्वाचनमा मतदाताले ७ जना प्रतिनिधिलाई एकै पटक चुन्नुपर्ने भएको हुँदा मतपत्रमा ७ जना छुट्टाछुट्टै उम्मेदवारलाई छुट्टाछुट्टै मतदान गर्नुपर्छ ।
५. मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाइनेछ ।
  • आ–आफ्नो मतदान केन्द्रमा मात्र मतदान गर्नुपर्नेछ । 
  • मतदान गर्न जाँदा आयोगले दिएको वा तोकेको आफ्नो परिचयपत्र लिई जानुपर्नेछ । 
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard