buca escort alsancak escort
Welcome to Election Commission of Nepal

मा. नरेन्द्र दाहाल

मा. नरेन्द्र दाहाल

निर्वाचन आयुक्त

फुङ्लिङ् गा.वि.स. वडा नं ७ ताप्लेजुङ्गमा २०१३ सालमा जन्मनु भएका माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहाल शिक्षाशास्त्र र कानूनमा स्नातक तथा जनप्रशासन, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।
माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहालले वि.सं. २०३८ मा निजामती सेवामा प्रवेश गर्नु भएको थियो त्यस अघि उहाँ वि.सं. २०३३ साल देखी शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । उहाँले आफ्नो निजामती सेवा अवधिमा गृह मन्त्रालय अन्तरगत विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त क्षेत्रीय प्रशासकको जिम्मेवारी निर्वाह गर्नुभएको छ । त्यसैगरी प्रहरी किताबखाना महानिर्देशक, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा कार्यकारी निर्देशक भई त्यहाँको समेत कार्यानुभव सँगाल्नु भएको छ ।साथै माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहालसँग महालेखा नियन्त्रक र निर्वाचन आयोगको सचिव (२०७० सालको अर्को संविधानसभा सदस्य निर्वाचनको समयमा) भई काम गरेको अनुभव छ । उहाँले क्रिटिकल इन्सिडेन्ट म्यानेजमेन्ट (Critical Incident Management),संघीयता र सीमा सम्बन्धी कानून कार्यान्वयन लगायतका विभिन्न विषयमा विदेशमा तालिम लिनुएको छ भने सेवासम्बन्धी अन्य थुप्रै स्वदेशी तालिम पनि प्राप्त गर्नुभएको छ ।उहाँ साहित्य प्रति रूची राख्नुहुन्छ । उहाँका आख्यान (कथा) र नियात्रासम्बन्धी पुस्तकहरू प्रकाशित छन् भने विभिन्न साहित्यिक सस्थाहरूसँग पनि उहाँको आवद्धता रहेको छ ।उहाँले नेपालका प्राय सबै जिल्ला र भारत, चीन, अमेरिका, सिंगापुर, हङ्कङ, थाइल्याण्ड, जर्जिया लगायतका देशहरूको भ्रमण गर्नुभएको छ ।

Feedback